+
+

फिदिम भेट्रान्स गोल्डकप: आयोजक र बौद्ध भेट्रान्सको विजयी सुरुआत

123 पटक हेरिएको
Clock २०८१ माघ ९, बुधबार १९:५५
-- Sponsored --

AI सारांश

Fast AI

फिदिममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताका क्वार्टरफाइनल खेलहरु सम्पन्न भएका छन् । त्यस अनुसार आयोजक फिदिम भेट्रान्स क्लब र बौद्ध भेट्रान्स रानिटारले विजयी सुरुआत गरेका छन्।

फिदिममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको विजेताले १ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

आठ टोलीको सहभागिता रहेको प्रतियोगिताका तेस्रो र चौथो क्वार्टरफाइनल खेल माघ १० गते बिहीबार हुनेछ। बिहीबारको पहिलो खेलमा दुधे भेट्रान्स झापा र स्काइ क्लब झापा भिड्नेछन् भने दोस्रो खेलमा रेड स्टार बिर्तामोड र गोरख भेट्रान्स इलाम आमनेसामने हुनेछन्।

पाँचथर, फिदिम – फिदिममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा आयोजक फिदिम भेट्रान्स क्लब र बौद्ध भेट्रान्स रानिटारले विजयी सुरुआत गरेका छन्।

फिदिम माविको खेल मैदानमा बुधबार सम्पन्न पहिलो क्वार्टरफाइनलमा आयोजक फिदिम भेट्रान्स क्लबले युनाइटेड फ्रेन्ड्स क्लब, दार्जिलिङलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो। निर्धारित समयमा दुबै टोलीले एक–एक गोलको बराबरी खेलेपछि नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो।

त्यस्तै, दोस्रो क्वार्टरफाइनल खेलमा बौद्ध भेट्रान्स रानिटारले तेह्रथुमको आठराई गाउँपालिका भेट्रान्सलाई सडन डेथमा ८–७ गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो। निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो। पाँच–पाँचको बराबरी भएपछि सडन डेथमार्फत विजेता घोषणा गरिएको थियो।

आठ टोलीको सहभागिता रहेको प्रतियोगिताका तेस्रो र चौथो क्वार्टरफाइनल खेल माघ १० गते बिहीबार हुनेछ। बिहीबारको पहिलो खेलमा दुधे भेट्रान्स झापा र स्काइ क्लब झापा भिड्नेछन् भने दोस्रो खेलमा रेड स्टार बिर्तामोड र गोरख भेट्रान्स इलाम आमनेसामने हुनेछन्।

फिदिम भेट्रान्स क्लबको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले १ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win