+
+

पाँचथरमा ८ हजार ९ सय ५२ जना किशोरीहरुलाइ एच.पि.भी खोप लगाइयो

129 पटक हेरिएको
Clock २०८१ फाल्गुन १२, सोमबार १६:१६
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरमा ८ हजार ९ सय ५२ जना किशोरीहरुलाइ पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप लगाइएको छ।
२. यो खोप जिल्ला भित्रका कक्षा ६ देखी १० सम्म अध्ययनरत १० देखी १४ वर्ष उमेर समुहका किशोरीहरुलाई निशुल्क लगाइएको हो।
३. नेपालमा महिलाहरुमा हुने क्यान्सरहरुमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुनेमा यो पहिलो मुख्य कारण हो।

इवारा जवेगु लिम्बु,
पाँचथर। पाँचथरमा ८ हजार ९ सय ५२ जना किशोरीहरुलाइ पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप लगाइएको छ।
एच.पि.भी खोप अभियान २०८१ अन्तर्गत माघ २२ गतेदेखी फागुन ६ गतेसम्म सञ्चालन गरेर उक्त संख्यामा खोप लगाइएको स्वास्थ्य कार्यालय पाँचथरका सूचना अधिकारी लवरेन्स शाहले बताउनुभयो।
यो खोप जिल्ला भित्रका कक्षा ६ देखी १० सम्म अध्ययनरत १० देखी १४ वर्ष उमेर समुहका किशोरीहरुलाई निशुल्क लगाइएको हो।
जसमा विद्यालय १९२, स्वास्थ्य संस्था ६२, समुदायमा थप खोप केन्द्र १ गरि जम्मा २ सय ५५ खोप केन्द्र तोकीएको थियो। यस अभियानको लागि दुई सय ५५ जना स्वास्थ्यकर्मी र स्वयसेवकहरु खटाइएको शाहले बताउनुभयो। उहाँले नेपालमा महिलाहरुमा हुने क्यान्सरहरुमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुनेमा यो पहिलो मुख्य कारण तथ्यांकले देखिएले यो खोप लगाउनुपर्ने बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win