+
+

अमेरिकाबाट चार्टर विमानमा ल्याइयो १० आप्रवासी नेपाली, प्रहरीले सोधपुछ गर्ने

79 पटक हेरिएको
Clock २०८१ फाल्गुन २१, बुधबार ११:४६
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:

* अमेरिकी चार्टर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ, जसमा कागजातविहीन १० नेपाली नागरिक लिएर आएको थियो।
* अमेरिकी प्रशासनले आफ्नो विशेष विमानमार्फत बुधबार उनीहरूलाई फिर्ता पठाएको हो, जो अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका थिए।
* अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी विदेशी नागरिक निकाल्ने अभियानलाई तीव्रता दिएका छन्, र नेपाल ल्याइएका व्यक्तिहरूलाई प्रहरीले सोधपुछ गर्ने भएको छ।

काठमाडौं, २१ फागुन । कागजातविहीन १० नेपाली नागरिकलाई लिएर अमेरिकी चार्टर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ। बुधबार बिहान करिब १० बजे विमानास्थलमा अवतरण गरेको थियो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका उनीहरूलाई स्वदेश फर्काइएको हो । अमेरिकी प्रशासनले आफ्नो विशेष विमानमार्फत बुधबार उनीहरूलाई फिर्ता पठाएको हो।

विभिन्न माध्यमबाट अमेरिका पुगेर लुकिछिपी बस्दै आएका नेपालीको संख्या हजारभन्दा बढी भएको बुझिएको छ। कागजातविहीन त्यस्ता नेपालीलाई पहिलोपटक विमान चार्टर गरी ल्याइएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी विदेशी नागरिक निकाल्ने अभियानलाई तीव्रता दिएका छन्। नेपाल ल्याइएको त्यस्ता व्यक्तिहरूलाई प्रहरीले सोधपुछ गर्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win