+
+

वडा सचिव कुटपिट गर्नेमाथि कानुनी कार्बाहीको माग

61 पटक हेरिएको
Clock २०८१ चैत्र ६, बुधबार ०७:१३
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ का वडा सचिव पंचराज नेम्बाङलाई कुटपिट गर्ने सोही वडाका बुद्धहाङ नेम्बाङमाथि कानुनी कार्बाहीको माग गरिएको छ।
२. मल्चिङ पाल्ष्टिक वितरण भर्पाईको विषयमा विवाद हुदाँ सो घटना घटेको पीडित नेम्बाङले बताएका छन्।
३. आरोपित कुटपिटमा संलग्न बुद्धहाङलाई प्रहरीले नियन्त्रण्मा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीले जानकारी दिनुभयो।

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ का वडा सचिव पंचराज नेम्बाङलाई कुटपिट गर्ने सोही वडाका बुद्धहाङ नेम्बाङमाथि कानुनी कार्बाहीको माग गरिएको छ।
०८१ चैत्र ५ गते नेपाल निजामती कर्मचारी संगठनले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाका दोषीलाई कानुनी कार्बाहीको माग गरेको हो। मल्चिङ पाल्ष्टिक वितरण भर्पाईको विषयमा विवाद हुदाँ सो घटना घटेको पीडित नेम्बाङले बताएका छन्।
पीडितका अनुसार बुद्धहाङ नेम्बाङले चैत्र ३ गते मल्चिङ प्लाष्टिक वितरण भरपाईमा २० जना कृषकहरुको नाम उपलब्ध गराएका थिए। उक्त २० जना कृषहरुमध्ये ११ जना सोही दिन उपस्थित भई भरपाईमा सहीछाप गरी पाल्ष्टिक लगेका थिए भने अनुपस्थित बाकि ९ जनाको भरपाई थुती जताभावी सहिछाप गरेको आरोप छ।
आफूले किन यसो गरेका भनी सोधपुछ गर्दा ४ गते स्वंयम कृषकहरु आएर पाल्ष्टिक लाने भनेको, तर उक्त भरपाईमा नामावली उल्लेख नभएका व्यक्तिहरुलाई नपठाएको हुदाँ सोही विषयमा छलफल भएको थियो। छलफलको क्रममा विवाद हुदाँ कार्यकक्षमाई आफूमाथि गालि गलोज र अश्लिल शब्द प्रयोग गर्दै हेल्मेटले टाउकोमा प्रहार गरेको वडा सचिव नेम्बाङको भनाई छ। कुटपिट बाट टाउकोमा चोट लागेका र उनको उपचार जिल्ला अस्पताल पाँचथरमा भएको छ।
आरोपित कुटपिटमा संलग्न बुद्धहाङलाई प्रहरीले नियन्त्रण्मा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win