0 प्रतिक्रिया
सुख्खाक्षेत्रमा विपत न्युनीकरण सम्बन्धि जनचेतना
AI सारांश
Fast AIनेपाली सेनाले पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोकमा विपत प्रतिकार्य सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रममा निम्नलिखित तीन वटा मुख्य बुँदा रहेका थिए:
१. **आगलागी न्युनीकरण**: सेनाले आगलागी न्युनीकरण सम्बन्धि पुर्व तयारी अभ्यास, विपतको समयमा प्रयोग गर्ने सामाग्रीको प्रयोग र घाइतेलाई गर्ने प्राथमिक उपचारको विषयमा जनचेतामुलक अभ्यास प्रर्दशन गरेको थियो।
२. **विपत व्यवस्थापन**: सेनाले विपत व्यवस्थापनमा प्रयोग गर्ने औजार र उपकरणहरुको विषयमा जानकारी गराएको थियो, जसमा आगो निभाउँने औजार, सिलिण्डर ग्यासबाट हुन सक्ने जोखिम र बच्ने उपायहरु समावेश थिए।
३. **सहभागीता**: यस कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, उद्योग बाणिज्यसंघ अध्यक्ष लगायत कर्मचारी, पेशाकर्मी, स्थानीय, उद्योगी र व्यवसायीहरुको सहभागीता रहेको थियो, जसले कार्यक्रमको सफलतामा योगदान पुर्याएको थियो।
रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोकमा नेपाली सेनाले विपत प्रतिकार्य सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ। रणशेर गण फिदिमका सेनानी राजिव कार्कीको नेतृत्वको सेनाको टोलीले विपत व्यवस्थापनमा प्रयोग गर्ने औजार र उपकरणहरुको विषयमा जानकारी गराएको थियो। चैत्र र बैशाख जस्तो सुख्खा समयमा हुने आगलागीबाट बच्न आगो निभाउँने औजार र सिलिण्डर ग्यासबाट हुन सक्ने जोखिम र बच्ने उपायहरुको विषयमा नागरिकलाई जानकारी दिएको सेनानी राजिव कार्कीले जानकारी दिए।
सेनाले आगलागी न्युनीकरण सम्बन्धि पुर्व तयारी अभ्यास, विपतको समयमा प्रयोग गर्ने सामाग्रीको प्रयोग र घाइतेलाई गर्ने प्राथमिक उपचारको विषयमा जनचेतामुलक अभ्यास प्रर्दशन गरेको थियो। सेनाले विपतको समयमा प्रयोग गर्ने डेढ दर्जन बढी औजार र उपकरणको प्रयोगको विषयमा सहभागीहरुलाई जानकारी गराएको थियो।
सो जनचेतामुलक कार्यक्रममा गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनाल, उद्योग बाणिज्यसंघ अध्यक्ष गोपाल पोख्रेल लगायत कर्मचारी, पेशाकर्मी, स्थानीय, उद्योगी र व्यवसायीहरुको सहभागीता रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









