0 प्रतिक्रिया
पत्रकार हत्या र सञ्चारगृहमा आक्रमण गर्नेमाथि कारबाहीको माग गर्दै पाँचथरमा विरोध पदर्शन
AI सारांश
Fast AIपाँचथरमा पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमा आक्रमण गर्नेलाई कडा कारबाहीको माग गर्दै विरोध पदर्शन गरिएको छ । यस विरोध पदर्शनमा पाँचथरका कृयाशिल पत्रकारहरुको सहभागितामा दोषीमाथि कानुनी कारबाहीको माग गरिएको हो ।
चैत्र १५ गते काठमाडौँमा भएको प्रदर्शनका क्रममा रिर्पोटिङमा खटिएका पत्रकार सुरेश रजकको आगजानीमा पारी हत्या गरीएको थियो ।
उक्त घटनाका दोषीलाई छानविन गरी कडा कारबाहिको माग गरिएका छ ।
पाँचथर । पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमा आक्रमण गर्नेलाई कडा कारबाहीको माग गर्दै पाँचथरमा विरोध पदर्शन गरिएको छ ।
चैत्र १६ गते फिदिमको गण्तन्त्र चोकमा पत्रकार महासंघ पाँचथरद्धारा आयोजना गरिएको विरोध पदर्शनमा पाँचथरका कृयाशिल पत्रकारहरुको सहभागितामा दोषीमाथि कानुनी कारबाहीको माग गरिएको हो ।
चैत्र १५ गते काठमाडौँमा भएको पूर्वराजा समर्थकको प्रदर्शनका क्रममा रिर्पोटिङमा खटिएका पत्रकार सुरेश रजकको आगजानीमा पारी हत्या गरीएको थियो । रजकप्रति पत्रकार महासघं पाँचथरले श्रदाञ्जलि पनि अर्पण गरेको छ ।
यस्तै कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्ट सहितका सञ्चारगृहरुमा आक्रमण भएको छ । उक्त घटनाका दोषीलाई छानविन गरी कडा कारबाहिको माग गरिएका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









