+
+

आठ स्थानीय तहको सहभागितामा छैटौँ कुम्मायक गोल्डकप प्रतियोगिता जेठ २ देखि सुरु हुने

228 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ बैशाख ८, सोमबार ०७:४५
-- Sponsored --

मनोज थापा 

पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा छैटौं संस्करणको ‘कुम्मायक रनिङ गोल्ड कप २०८२’ आउँदो जेठ २ देखि ५ गतेसम्म भव्य रुपमा आयोजना हुने भएको छ। कुम्मायक स्पोर्टिङ क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता यस वर्ष “आठ वटा स्थानीय तहको सहभागिता कुम्मायकको शान, स्थानीय खेलकुद विकासमा कुम्मायक स्पोर्टिङको अभियान” भन्ने नारासहित सञ्चालन गरिंदैछ।

फिदिममा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण कार्यक्रम तालिका सार्वजनिक गरिएको हो। प्रतियोगितामा पाँचथर जिल्लाका फिदिम नगरपालिका, कुम्मायक, तुम्वेवा, फाल्गुनन्द, हिलिहाङ, याङवरक, फालेलुङ गाउँपालिकासहित जिल्ला बाहिरबाट म्याङलुङ नगरपालिकाले समेत अतिथि टिमको रूपमा सहभागिता जनाउनेछ। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ।

कार्यक्रम कुम्मायक ४ स्थित पृथ्वी मा.वि.को खेल मैदानमा सञ्चालन हुने छ। प्रतियोगिताको कुल अनुमानित खर्च रु. २२,८४,६१०/- रहेको छ। खेल अवधिभर सहभागी टिमलाई व्यवस्थापन खर्च, यातायात सुविधा र पुरस्कारहरू प्रदान गरिने क्लबले जनाएको छ।

प्रतियोगिताको विजेताले रु. १,२५,५५५ नगद, चाँदीको रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. ७५,५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु. १५,०००, विधागत उत्कृष्ट खेलाडीलाई रु. ५,०००, म्यान अफ द म्याचलाई रु. ३,००० र फ्यान अफ द म्याचलाई रु. १,००० नगद पुरस्कार प्रदान गरिनेछ।

रनिङ ट्रफी तीन पटक लगातार एउटै पालिकाले जिते मात्र फिर्ता गर्नु नपर्ने प्रावधान रहेको छ। ट्रफीको सुरक्षा सम्बन्धित पालिकाले गर्नुपर्नेछ र आगामी संस्करणको तीन महिनाअघि आयोजक क्लबले ट्रफी फिर्ता लिनेछ।

खेलाडी व्यवस्थापनतर्फ, पहिलो खेलबाट बाहिरिने टिमलाई रु. १५,००० र दोस्रो चरणमा प्रवेश गर्ने टिमलाई प्रति दिन रु. १०,००० को दरले व्यवस्थापन खर्च प्रदान गरिनेछ। सहभागी खेलाडीहरू सम्बन्धित पालिकाबाट सिफारिस भएर आउनुपर्ने र नेपालको मान्यता प्राप्त परिचय पत्र अनिवार्य रूपमा साथमा हुनुपर्ने व्यवस्था गरिएको छ। कुनै विवाद भएमा खेलाडीले सक्कल प्रमाणपत्र पेश गर्नुपर्नेछ।

प्रतियोगिताको सन्चालनमा राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति पाँचथर, जिल्ला फुटबल संघ पाँचथर, कुम्मायक गाउँपालिका, स्थानीय संघ-संस्था, व्यवसायी तथा खेलप्रेमीहरूको समेत सक्रिय सहकार्य क्लबका अध्यक्ष खेमराज निरौलाले पत्रकार संमेलन मार्फत जानकारी गराएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win