0 प्रतिक्रिया
राष्ट्रिय युवा संघ पाँचथरमा पुन: लावती
AI सारांश
Fast AIफिदिममा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल पाँचथरको आठौं अधिवेशनको सारांश निम्न ३ बुँदामा प्रस्तुत छ:
१. मदन लावतीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कमिटी निर्वाचित गरिएको छ, जसमा अध्यक्ष लावती र उपाध्यक्ष ऋतुवर्ण तुम्बापो पुनः निर्वाचित हुनुभयो।
२. नयाँ कमिटिमा सुजन तुम्बापो सचिव, इल्लु मेन्याङ्बो र बेताब जबेगू सहसचिव, र मनिला शेर्पा कोषाध्यक्षमा निर्वाचित हुनुभयो।
३. अधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, एमाले कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी, एमाले पाँचथरका अध्यक्ष विष्णुप्रसाद सापकोटा, अखिल नेपाल महिला संघ पाँचथरकी अध्यक्ष मुना नेम्बाङ लगायतले शुभकामना मन्तव्य राख्नुभयो।
फिदिम। राष्ट्रिय युवा संघ नेपाल पाँचथरको आठौं अधिवेशनले मदन लावतीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको छ।
हिँजो फिदिममा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा ऋतुवर्ण तुम्बापो, सचिवमा सुजन तुम्बापो, सहसचिवमा इल्लु मेन्याङ्बो र बेताब जबेगू तथा कोषाध्यक्षमा मनिला शेर्पा निर्वाचित हुनुभएको राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य गणेश योङहाङले जानकारी दिनुभयो।
अध्यक्ष लावती र उपाध्यक्ष तुम्बापो पुरानै जिम्मेवारीमा दोहोरिनु भएको छ भने यसअघिका सहसचिव सुजन सचिवमा निर्वाचित हुनु भएको हो।
अधिवेशनको उदघाटन कार्यक्रमलाई राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, एमाले कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी, एमाले पाँचथरका अध्यक्ष विष्णुप्रसाद सापकोटा, अखिल नेपाल महिला संघ पाँचथरमा अध्यक्ष मुना नेम्बाङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









