0 प्रतिक्रिया
नीति तथा कार्यक्रम बजेट होइन, मार्गदर्शन हो: मुख्यमन्त्री कार्की
AI सारांश
Fast AI१. कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान नीति तथा कार्यक्रमले बजेटको ‘पोको होइन’ समग्र विकासका लागि मार्गदर्शन दिने दस्तावेजको सन्देश दिएका छन्।
२. मुख्यमन्त्री कार्कीले नीति तथा कार्यक्रमले सहअस्तित्व, सहकार्य र एकतालाई जोड दिएको र प्रदेशको आर्थिक उन्नति तथा आन्तरिक आय वृद्धि गर्न केन्द्रित भएको स्पष्ट पारे।
३. मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सात बुँदे सहमतिमा आधारित सरकार गठनपछि सातवटा मूलभूत समस्याको समाधानको कार्य आरम्भ भइसकेको जानकारी दिए।
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान नीति तथा कार्यक्रमले बजेटको ‘पोको होइन’ समग्र विकासका लागि मार्गदर्शन दिने दस्तावेजको सन्देश दिएको बताएका छन् ।
आइतबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस पटकको नीति तथा कार्यक्रम छोटो, छरितो र समग्र विषय समेट्ने खालको भएको उल्लेख गरे । उनले नीति कार्यक्रमले सहअस्तित्व, सहकार्य र एकतालाई जोड दिएको र प्रदेशको आर्थिक उन्नति तथा आन्तरिक आय वृद्धि गर्न केन्द्रित भएको स्पष्ट पारे ।
‘नीति तथा कार्यक्रम विकासको मार्गदर्शन हो भने बजेट त्यसको कार्यान्वयनका लागि साधन हो,’मुख्यमन्त्री कार्कीले भने, ‘पछिल्ला आठ वर्षमा आठवटा नीति तथा कार्यक्रम आइसकेका छन्, त्यसमा निरन्तरता र स्थायित्व जरुरी छ ।’
मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सात बुँदे सहमतिमा आधारित सरकार गठनपछि सातवटा मूलभूत समस्याको समाधानको कार्य आरम्भ भइसकेको जानकारी दिए । उनले पछिल्लो १० महिनामा बिग्रिएको आर्थिक अवस्था सुधार गर्दै निर्यात प्रवद्र्धनजस्ता क्षेत्रमा उल्लेखनीय सफलता हासिल भएको दाबी गरे।
‘तीन बुँदे मर्ममा रहेको सात बुँदे सहमति पछिल्लो समयमा निकै प्रभावकारी भएको छ,’उनले भने, ‘सरकारले समस्याहरू समाधान गर्दै महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ ।’
साथै, उनले राम्रो योजनाप्रति सकारात्मक समर्थन जनाउनु स्वाभाविक प्रक्रिया भएको प्रस्ट पारे । ‘कुनै व्यक्तिले वा संस्थाले सरकारको राम्रा योजनाको समर्थन गर्नु सरकारको नेतृत्वमा जाने चाहना होइन। यो सामान्य लोकतान्त्रिक प्रक्रिया हो,’ उनले स्पष्ट गरे।
इतिहास र विभूतिहरूको सम्मान गर्न नीति तथा कार्यक्रममा उल्लेख गरिएको संरक्षण योजनाको बचाउ गर्दै मुख्यमन्त्री कार्कीले राष्ट्रिय विभूति, पूर्व राष्ट्राध्यक्ष तथा आन्दोलनका सहिदहरूको घरलाई संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए र उनले यस्ता संरचनाहरूको संरक्षणले भावी पुस्तालाई इतिहासबारे जानकारी दिन सहयोग पुग्ने उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









