0 प्रतिक्रिया
पाँचथरमा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने तालिम सुरु
AI सारांश
Fast AI१. नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आयोजनामा तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश बिराटनगरको आर्थिक सहयोगमा "पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग" सम्बन्धी तीन दिने तालिम सुरु भएको छ।
२. तालिममा प्रशिक्षक जीवन भण्डारीले समाचार संकलन, तथ्य जाँच, फोटो, भिडियो तथा स्केच निर्माणमा बौद्धिकता (एआई) को प्रयोग सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो।
३. तीन दिन सम्म सञ्चालन हुने यस तालिम २०८२ जेठ ३१ गतेसम्म सञ्चालन हुने नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष भिम कुमार बाँस्कोटाले जानकारी गराउनुभएको छ।
मनोज थापा
फिदिम, जेठ २९ -बदलिँदो प्रविधिसँगै पत्रकारितामा पनि आधुनिक उपकरण र सीपको आवश्यकता बढ्दो छ। यही सन्दर्भमा पाँचथरमा सञ्चारकर्मीहरूका लागि “पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग” सम्बन्धी तीन दिने तालिम आजबाट सुरु भएको छ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आयोजनामा तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश बिराटनगरको आर्थिक सहयोगमा सुरु भएको तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत ३५ जना पत्रकारहरुको सहभागिता रहेको छ।
तालिममा प्रशिक्षक जीवन भण्डारीले समाचार संकलन, तथ्य जाँच, फोटो, भिडियो तथा स्केच निर्माणमा बौद्धिकता (एआई) को प्रयोग सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले विशेष रूपमा सञ्चारकर्मी तथा सूचना प्रवाहमा संलग्न व्यक्तिहरूले एआई प्रविधिको माध्यमबाट समाचारको स्रोत पहिचान, तथ्य पुष्टि र बहुआयामिक सामग्री (मल्टिमेडिया कन्टेन्ट) उत्पादनमा कसरी दक्षता हासिल गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिनुभएको थियो। एआईका सम्भाव्यता मात्र होइन, यसको दुरुपयोगबाट उत्पन्न हुने चुनौती तथा नीतिगत तयारीबारे समेत छलफल गरिएको थियो।

तालिमको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पाँचथरका पूर्व सभापति लवदेव ढुङ्गानाले गर्नुभएको थियो।
नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष सरोज शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने पूर्व अध्यक्ष लक्ष्मी गौतम र निवर्तमान अध्यक्ष गिरिराज बाँस्कोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता महासंघ पाँचथरका अध्यक्ष भिमकुमार बाँस्कोटाले गर्नुभयो। उद्घाटन कार्यक्रममा पत्रकारका पेशागत संगठनका अध्यक्ष तथा प्रतिनिधिहरू, सञ्चारमाध्यमका सम्पादकहरू र जिल्लाका विभिन्न सञ्चार गृहमा कार्यरत पत्रकारहरूको उपस्थिति रहेको थियो।
तीन दिन सम्म सञ्चालन हुने यस तालिम २०८२ जेठ ३१ गतेसम्म सञ्चालन हुने नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष भिम कुमार बाँस्कोटाले जानकारी गराउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











