+
+

हेवा खोलामा निर्माणाधीन बेलिब्रिज यथाशीघ्र पुनः निर्माण गर्न सांसद भट्टराईको माग

148 पटक हेरिएको
Clock २०८२ असार १, आईतवार १५:०९
-- Sponsored --

AI सारांश

Fast AI

१. नेकपा (एमाले)का सांसद योगेश भट्टराईले पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिजको बाँकी काम छिटो सक्न माग गरेका छन्।
२. सांसद भट्टराईले जेठ ३१ गते दुर्घटनाग्रस्त भएको पुलको पुनःनिर्माणमा ढिलाइ नगर्न सरकारलाई आग्रह गरे।
३. सांसद भट्टराईले दुर्घटनामा परी ज्यान गुमाएका मजदुरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारलाई उचित राहत र घाइतेको उपचारमा राज्यले चासो दिनुपर्ने बताए।

पाँचथर-२०८२ असार १ गते

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिजको बाँकी काम छिटो सक्न माग गरेका छन्।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले जेठ ३१ गते दुर्घटनाग्रस्त भएको पुलको पुनःनिर्माणमा ढिलाइ नगर्न सरकारलाई आग्रह गरे। उनले भने, “हेवा खोलामा निर्माणाधीन बेलिब्रिज अन्तिम चरणमा पुगेकै बेला फेरि दुर्घटनाग्रस्त भएको छ। यो पुल दुई वर्षदेखि बनाउने क्रममा पटक–पटक भत्किँदै आएको छ, जसले पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लामा यातायातमा ठूलो अवरोध पुर्‍याएको छ।”

मनसुनको सिजन सुरु हुन लागेको सन्दर्भमा पुल नबन्दा स्थानीय बासिन्दा र पर्यटक दुबै प्रभावित हुने भन्दै उनले तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद भट्टराईले दुर्घटनामा परी ज्यान गुमाएका मजदुरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारलाई उचित राहत र घाइतेको उपचारमा राज्यले चासो दिनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win