0 प्रतिक्रिया
फिदिम नयाँबसपार्कमा घरेलु विवादपछि श्रीमतीमाथि चक्कु प्रहार, एकजना नियन्त्रणमा
AI सारांश
Fast AI१. फिदिम नगरपालिका–२ नयाँबसपार्कमा घरेलु विवादका क्रममा श्रीमान्ले आफ्नै श्रीमतीमाथि चक्कु प्रहार गर्दा एक जना महिला गम्भीर घाइते भएकी छन्।
२. घरेलु विवादको क्रममा तरकारी काट्ने चक्कु प्रयोग गरी टाउको, गाला, घाँटी र छातीमा आक्रमण गरिएको थियो।
३. घाइतेको अवस्था अहिले बोल्न सक्ने, तर मध्यम खालको रहेको छ भने चक्कु प्रहार गरेका सुर्य सेरेङलाई घटनापछि तत्काल नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर बुझाइएको छ।
फिदिम, पाँचथर –असार ५
फिदिम नगरपालिका–२ नयाँबसपार्कमा घरेलु विवादका क्रममा श्रीमान्ले आफ्नै श्रीमतीमाथि चक्कु प्रहार गर्दा एक जना महिला गम्भीर घाइते भएकी छन्।
प्रहरीका अनुसार लुङरुपा घर भई हाल नयाँबसपार्कस्थित पर्शुराम अर्यालको घरमा डेरामा बस्दै आएका अन्दाजी २८ वर्षीय सुर्य सेरेङले आफ्नी २३ वर्षीया श्रीमती बिपना क्षेत्री कट्वाललाई घरेलु विवादको क्रममा तरकारी काट्ने चक्कु प्रयोग गरी टाउको, गाला, घाँटी र छातीमा आक्रमण गरेका थिए।
उक्त घटनाबारे मिति २०८२ असार ५ गते दिउँसो १४:५० बजेतिर अस्थायी प्रहरी पोष्ट, नयाँबसपार्कमा जानकारी प्राप्त भएको थियो। जानकारी प्राप्त हुनासाथ प्रहरी योगेश दाहालको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगेर घाइते बिपना क्षेत्रीलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पाँचथरमा भर्ना गराएको छ।
जिल्ला अस्पताल स्रोतका अनुसार, घाइतेको अवस्था अहिले बोल्न सक्ने, तर मध्यम खालको रहेको छ।
चक्कु प्रहार गरेका सुर्य सेरेङलाई घटनापछि तत्काल नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर बुझाइएको प्रहरीले जनाएको छ।
घटनास्थल अस्थायी प्रहरी पोष्ट नयाँबसपार्कबाट अन्दाजी ५०० मिटर उत्तर–पश्चिमतर्फ पर्छ। यस विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









