+
+

फालेलुङमा नेपाली सेनाको बृहत स्वास्थ्य शिविर, ३५२ बिरामीलाई निःशुल्क सेवा

335 पटक हेरिएको
Clock २०८२ असार १४, शनिबार २२:३६
-- Sponsored --

AI सारांश

Fast AI

१. नेपाली सेनाको श्री वीरदल गण ओदिन ब्यारेक, पाँचथरको संयोजकत्वमा फालेलुङ गाउँपालिका वडा नं. ७, बाँसबोटेमा एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
२. यस शिविरमा ३५२ जना बिरामीले निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण र परामर्श सेवा प्राप्त गरेका छन्।
३. शिविरमा धेरैजसो बिरामीमा प्रेसर, सुगर र हाडजोर्नी सम्बन्धी समस्या देखिएको थियो भने सेवाग्राहीहरू पनि निकै सन्तुष्ट देखिएका छन्।

मदन थापा, पाँचथर | २०८२ असार १४

फालेलुङ गाउँपालिका वडा नं. ७, बाँसबोटेमा शनिबार (२०८२ असार १४ गते) नेपाली सेनाको श्री वीरदल गण ओदिन ब्यारेक, पाँचथरको संयोजकत्व, श्री नं. २१ वाहिनी अड्डाको पहल, श्री पूर्वी पृतना हेडक्वार्टरको कमाण्ड र जिल्ला अस्पताल पाँचथरको सहकार्यमा एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। यस शिविरमा  ३५२ जना बिरामीले निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण र परामर्श सेवा प्राप्त गरेका छन्।

शिविरको उद्घाटन समारोहमा श्री वीरदल गणका गणपति किशोर अधिकारीले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा संविधानसभा सदस्य भीष्मराज आङदेम्बे सहभागी हुनुभएको थियो। प्रमुख अतिथिले यस किसिमको स्वास्थ्य सेवा दिने कार्यक्रममा नेपाली सेनाले स्थानीय तहसँग सहकार्य गरी दुर्गम गाउँबस्तीका नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यको प्रशंसा व्यक्त गर्नुभएको थियो । वडा नं. ७ का वडा अध्यक्ष टेक बहादुर केरुङले नेपाली सेनाले गाउँबासीका लागि अत्यन्त राहतदायी, उपयोगी र सहयोगी कार्यक्रम सञ्चालन गरेकोभन्दै पालिका र वडाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो।

शिविर अवधिभर विभिन्न खाले सेवा सञ्चालन गरिएको थियो। जसअन्तर्गत स्वास्थ्य परीक्षण,  स्त्री रोगको परीक्षण, बालरोग निवारण, परामर्श, औषधि वितरण र जनचेतनामूलक कक्षा समेत समावेश थिए। जिल्ला अस्पताल पाँचथरका डाक्टर किरण थापाले विदाको दिनसमेत चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले विशेषज्ञसहितको सेवा दिएको बताउनुभयो। उहाँका अनुसार धेरैजसो बिरामीमा प्रेसर, सुगर र हाडजोर्नी सम्बन्धी समस्या देखिएको थियो।

यस्तै, जन सेवा समाज पाँचथरले शिविरको सहजिकरण गरेको हो भने अध्यक्ष राजेन्द्र अधिकारीले सुविधासम्पन्न अस्पतालसम्म पुग्न नसक्ने सेवाग्राहीहरूका लागि गाउँमै सेवा सञ्चालन हुँदा ठूलो राहत पुगेको बताए।

स्वास्थ्य शिविरबारे विश्वसञ्चार डटकमसँग कुरा गर्दै श्री वीरदल गणका गणपति किशोर अधिकारीले यसअघि पनि यस्ता किसिमका शिविरहरू सञ्चालन गरिएको र आगामी दिनमा पनि निरन्तरता दिइने स्पष्ट पार्नुभयो। उहाँले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका, विशेष गरी बिपन्न वर्गका नागरिकलाई लक्षित गरेर गुणस्तरीय सेवा दिन यो शिविर आयोजना गरिएको उल्लेख गर्नुभयो। शिविरबाट सेवा लिएका स्थानीयवासीहरू पनि निकै सन्तुष्ट देखिएका छन्। फालेलुङ–७ की मनु चाम्लिङले गाउँमै सेवा पाएर खुसी लागेको बताउनुभयो भने अर्का सेवाग्राही बुधिबल आङ्बोले घुँडा र दाँतको समस्याका कारण आएको र राम्रो सेवा पाउँदा खुशी लागेको बताए। सोही वडाका शिक्षक शिवनारायण राजवंशीले समेत शिविर प्रभावकारी भएको र यस्ता कार्यक्रम समय–समयमा आवश्यक रहेको धारणा राख्नुभयो।

स्वास्थ्य शिविर सफल बनाउन फालेलुङ गाउँपालिकाको कार्यालय,  फालेलुङ गाउँपालिका वडा नं. ७, जन सेवा समाज पाँचथर, गणेशमान सामुदायिक अस्पताल पाँचथर, नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ बिर्तामोड, नेपाल रेडक्रस सोसाइटी पाँचथर, Apex Pharmaceuticals Pvt. Ltd. बिरगञ्ज, Arya Pharma Lab Pvt. Ltd. बिरगञ्ज, बाबा इन्टरप्राइजेज सुनसरी, समर्पित अस्पताल पाँचथर, श्री ओम साई पाथिभरा अस्पताल भद्रपुर, ओली मेडिकल फिदिम, नवदुर्गा मेडिकल फिदिम, बिमली मेडिकल फिदिम, सिदिन सामुदायिक विकास क्लब, मेवा डेभलप्स प्रा.लि. कन्सट्रक्सन कम्पनी, कोबली हाइड्रो पावर कम्पनी लगायत धेरै संघसंस्थाहरूले सहकार्य गरेका थिए। नेपाली सेनाले यस्ता सेवा अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने स्पष्ट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win