+
+

श्रीमतीको टाउकोमा कोदालो प्रहार गरेर हत्या गर्ने श्रीमान् फिदिमबाट पक्राउ

510 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ श्रावण १६, शुक्रबार १२:०१
-- Sponsored --

पाँचथर 
पाँचथरको फिदिममा एक युवतीको हत्या आरोपमा उनका श्रीमान् पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फालेलुङ गाउँपालिका–७ का २७ वर्षीय महेन्द्र तामाङले आफ्नी २१ वर्षीया श्रीमती अनु राईको टाउकोमा कोदालो प्रहार गरी हत्या गरेका हुन्।

मिति २०८२ साउन १५ गते राति करिब १०:०० बजेको समयमा फिदिम न.पा. १ नाम्दु स्थित ससुराली घर नजिकै महेन्द्र तामाङले श्रीमती अनु राईमाथि कोदालोको पासोले टाउकोमा गम्भीर प्रहार गरेका थिए।
घटनापछि गम्भीर घाइते भएकी अनु राईलाई जिल्ला अस्पताल पाँचथरमा  प्राथमिक उपचारपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो।
तर, टाउकोको गहिरो चोटका कारण अस्पतालमा पुर्याई चेकजाँच गर्दा २०८२ साउन १६ गते बिहान ०४:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

हत्या पछि फरार रहेका महेन्द्र तामाङको खोजीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक (प्र.नि.) को कमाण्डमा टोली परिचालन गरिएको थियो। खोजतलासकै क्रममा फिदिम नगरपालिका–६ स्थित गोठगाउँमा लुकीछिपी बसेको अवस्थामा उनी १६ गते बिहान ७:४७ बजे फिदिम नं. पा. ६, गोलेगाउँबाट पक्राउ परेका हुन्।

हाल उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win