+
+

खोलामा फसेकाहरुको १२ घण्टापछि उद्धार

80 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ भाद्र ११, बुधबार १७:५७
-- Sponsored --

AI सारांश

Fast AI

पाँचथर–ताप्लेजुङ सीमा भएर बग्ने इवा खोलामा पाहा मार्न गएका ४ जना फसेका थिए, जसलाई १२ घण्टापछि उद्धार गरियो।
उनीहरु खोलामा पानीको बहाव बढेपछि हिँजो साँझ ७ बजेदेखि फसेका थिए र रात त्यहीं विताएका थिए।
प्रहरीले आगो बाल्ने ब्यवस्था गर्नुका साथै चाउचाउ खाने ब्यवस्था मिलाएर विहान ८ बजे बाँसको फड्के थापेर उनीहरुको उद्धार गरियो।

पाँचथर, ११ भदौः

पाँचथर–ताप्लेजुङ सीमा भएर बग्ने इवा खोलाका दुई भंगालोको वीचमा फसेका चार जनालाई १२ घण्टापछि उद्धार गरिएको छ ।

पाँचथरको याङवरक गाउँपालिका–२ र ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ को सीमास्थित इवा खोलामा पाहा मार्न गएका उनीहरु खोलामा पानीको बहाव बढेपछि हिँजो साँझ ७ बजेदेखि फसेका थिए । खोलाका दुवै भंगालोमा पानी बढेपछि उनीहरु रात त्यहीं विताएका थिए। राती नै प्रहरीले आगो बाल्ने ब्यवस्था गर्नुका साथै चाउचाउ खाने ब्यवस्था मिलाएको थियो ।

विहान सीमा प्रहरी चौकी च्याङथापूबाट प्रहरी बरिष्ठ नायव निरीक्षक भीमराज थेबेसहिको प्रहरी टोली र करीव ४० जना स्थानीयवासी भेला भई आज विहान ८ बजे बाँसको फड्के थापेर उनीहरुको उद्धार गरेका हुन । उद्धार गरिएकाहरुमा फिदिम नगरपालिका–४ जोरसाल बस्ने प्रदीप तामाङ, झल्ला सम्बाहाम्फे र शेरबहदादुर मगर तथा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ का सन्तोष पन्धाक छन । उनीहरु फसेको देखेपछि अस्थायी प्रहरी चौकी फलैंचाका प्रहरी र केही स्थानीयवासी रातभरि खोला किनारामा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्