+
+

पाँचथरमा लागुऔषध सहीत ५ जना पक्राउ

Clock २०८२ मंसिर १०, बुधबार १८:२५
-- Sponsored --

पाँचथर । प्रतिबन्धीत लागु औषधसहीत पाँचथरमा ५ जना पक्राउ परेका छन् । लागु औषध ब्राउन सुगर विक्रि वितरण गर्दैछ भन्ने विशेष सुचनाको आधारमा पाँचथर प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा फिदिम २ साम्दीनका २७ वषीय धनराज तुम्बापो, फिदिम ८ का ३४ वर्षीय शुशील गुरुङ र सोही स्थानका ३३ वर्षीय विजदय गुरुङ, फाल्गुनन्द गाउँपालिका ४ का १८ वर्षीय विजय तामाङ र इलाम नगरपालिका १ का २३ वर्षीय लाक्पा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिसकुमार कर्णले जानकारी दिनुभयो।
प्रहरीले उनीहरुको साथबाट लुकाई छिपाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखीने पदार्थ १० ग्राम ५२ मिलिग्राम बरामद गरेको छ।
उनीहरुलाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस