0 प्रतिक्रिया
लागत साझेदारीका ८६ योजना कार्यान्वयन गर्दै फिदिम नगरपालिका
AI सारांश
Fast AI१. फिदिम नगरपालिकाले चालु आ.व. २०८२-०८३ मा लागत साझेदारीका ८६ वटा योजना सञ्चालन गर्ने भएको छ।
२. लागत साझेदारीअनुसार फिदिम नगरपालिकाले प्रत्येक योजनाहरुको ७० प्रतिशत लागत ब्यहोर्ने छ भने उपभोक्ताहरुले ३० प्रतिशत लागत साझेदारी गर्नुपर्ने छ।
३. फिदिम नगरपालिकाले सडक तथा पुलका ३६ वटा, सिंचाइ तथा खानेपानीका १५ वटा, भवन तथा शहरी विकासका १८ वटा र संस्कृति प्रवर्द्धन तथा अन्यका १७ वटा योजना सञ्चालन गर्न लागेको हो।
पाँचथर, २५ पुसः
विकास योजनालाई कम लागत र उपभोक्ताको अपनत्वमा सम्पन्न गर्ने उद्देश्यसहित फिदिम नगरपालिकाले चालु आ.व. २०८२-०८३ मा लागत साझेदारीका ८६ वटा योजना सञ्चालन गर्ने भएको छ।
फिदिम नगरपालिकाको शुक्रबार सम्पन्न भएको नगर सभाको १८औं अधिवेशनले १४ वटै वडामा ८६ वटा यस्ता योजना कार्यान्वयन गर्ने प्रस्ताव पारित गरेको हो। लागत साझेदारीअनुसार फिदिम नगरपालिकाले प्रत्येक योजनाहरुको ७० प्रतिशत लागत ब्यहोर्ने छ भने उपभोक्ताहरुले ३० प्रतिशत लागत साझेदारी गर्नुपर्ने छ। कूल रु. ५ करोडमा सम्पन्न हुने यी योजनाहरुमा उपभोक्ताले ३० प्रतिशत लागत साझेदारी वापत रु. एक करोड ५० लाख रकम जम्मा गर्नुपर्ने छ भने फिदिम नगरपालिकाले रु. तीन करोड ५० लाख बजेट उपलब्ध गराउने नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो।
फिदिम नगरपालिकाले सडक तथा पुलका ३६ वटा, सिंचाइ तथा खानेपानीका १५ वटा, भवन तथा शहरी विकासका १८ वटा र संस्कृति प्रवर्द्धन तथा अन्यका १७ वटा योजना सञ्चालन गर्न लागेको हो। जसमा मोटरवाटो, घोडेटो बाटो, पदमार्ग, सडक नाली, सिंढीमार्ग, सिंचाइ कुलो, खानेपानी योजना, प्रवेशद्वार, विद्यालय भवन, खेलमैदान, शौचालय, ठेसपर्खाल, सामुदायिक भवन, घेराबारा, उद्यान, घेराबाराको निर्माण तथा मर्मत संहारका योजनाहरु समावेश रहेको नगर प्रमुख काफ्लेले वताउनुभयो। “लागत साझेदारीमा योजना सञ्चालन गर्दा नगरपालिकाको तर्फबाट कम बजेटमा धेरै काम हुने र उपभोक्ताहरुले अपनत्व महसुश गर्ने अपेक्षा गरेका छौं”, उहाँले भन्नुभयो।
फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद भट्टराईका अनुसार लागत साझेदारीका योजना सञ्चालनपूर्व सबै उपभोक्ता समितिहरुले लागत साझेदारीवापतको रकम अग्रिम दाखिला गर्नुपर्ने ब्यवस्था छ। “उपभोक्ता समितिहरुले योजनाको कूल लागतको ३० प्रतिशत रकम जम्मा गरेपछि नगरपालिकाले ७० प्रतिशत थप गरेर भुक्तानी दिने ब्यवस्था छ”, प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो।
२५ गते शुक्रबार सम्पन्न भएको नगर सभाको १८औं अधिवेशनले गाई भैंसी खरीदमा अनुदान वितरण कार्यविधि, पशुहरुमा कृतिम गर्भाधान कार्यक्रम सञ्चालन कार्यविधि, विपदबाट पूर्ण रुपमा क्षति भएका घरधुरीलाई राहत उपलब्ध गराउने कार्यविधि, विपन्न तथा असुरक्षित आवास भएका परिवारलाई सुरक्षित आवास निर्माण गर्नेसम्बन्धी कार्यविधि, लघु तथा साना जलविद्युत आयोजना सञ्चालन तथा ब्यवस्थापन नियमावली र चालु आ.व.को बजेट संसोधन, योजना छनौट तथा रकमान्तर गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले ५२ वटा योजना तथा बजेट संसोधन र रकमान्तर गर्ने प्रस्ताव पारित गरेको नगर प्रमुख काफ्लेले जानकारी दिनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









