0 प्रतिक्रिया
कोशी प्रदेशका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्न फिदिममा फोटो प्रदर्शनी हुँदै
AI सारांश
Fast AI१. कोशी प्रदेश स्तरीय फोटो प्रदर्शनी फागुन २ र ३ गते फिदिममा आयोजना हुने भएको छ।
२. प्रदर्शनीमा कोशी प्रदेशका हिमाल, पहाड र तराई क्षेत्रका प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक धरोहर, साहसिक पर्यटन स्थल, जीवनशैली तथा जनजीवन झल्काउने तस्बिरहरू प्रदर्शन गरिने छ।
३. प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ, दोस्रोलाई १५ हजार रुपैयाँ र तेस्रोलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
पाँचथर । कोशी प्रदेशका पर्यटकीय गन्तव्यको पहिचान, प्रचार–प्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फिदिममा कोशी प्रदेश स्तरीय फोटो प्रदर्शनी आयोजना हुने भएको छ।
पर्यटन कार्यालय झापाको सहयोगमा तिम्बुपोखरी मिडिया एण्ड इभेन्टको आयोजना तथा फोटो पत्रकार महासंघ पाँचथरको सह–आयोजनामा फागुन २ र ३ गते उक्त प्रदर्शनी सञ्चालन हुन लागेको हो।
प्रदर्शनीमा कोशी प्रदेशका हिमाल, पहाड र तराई क्षेत्रका प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक धरोहर, साहसिक पर्यटन स्थल, जीवनशैली तथा जनजीवन झल्काउने तस्बिरहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ। फोटोमार्फत प्रदेशका लुकेका तथा कम प्रचारमा परेका पर्यटकीय गन्तव्यलाई उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य लिइएको छ।
प्रतियोगितात्मक रूपमा आयोजना हुने प्रदर्शनीमा कोशी प्रदेशभरिका फोटोग्राफर, फोटो पत्रकार, पत्रकार, विद्यार्थी तथा फोटोप्रेमीहरूको सहभागिता रहनेछ। उत्कृष्ट तस्बिरहरू प्रदर्शनीमा समावेश गरिनुका साथै मूल्याङ्कनका आधारमा विजेता घोषणा गरिनेछ।
प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ, दोस्रोलाई १५ हजार रुपैयाँ र तेस्रोलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, दुई जनालाई सान्त्वना पुरस्कारस्वरूप जनही ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
यसैबीच, आयोजकले कोशी प्रदेश स्तरीय फोटो प्रदर्शनीमा सहभागिताका लागि सबै सरोकारवालालाई अपिल गरेको छ। प्रदर्शनीमा कोशी प्रदेशका प्राकृतिक सौन्दर्य, धार्मिक स्थल, साहसिक पर्यटन, संस्कृति तथा जनजीवन झल्काउने तस्बिरलाई प्राथमिकता दिइने जनाइएको छ।
सहभागी हुन चाहनेले आफ्ना तस्बिरहरू माघ २३ गतेभित्र पठाइसक्नुपर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











