0 प्रतिक्रिया
कुम्मायक गाउँपालिकामा ‘मूल्य पारदर्शिता’ तथा ‘राष्ट्रिय सरसफाइ’ सप्ताह सुरु
AI सारांश
Fast AI१. कुम्मायक गाउँपालिकामा उपभोक्ताको हकहित संरक्षण, बजार सुशासन कायम तथा स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले “मूल्य पारदर्शिता सप्ताह” तथा राष्ट्रिय सरसफाइ सप्ताह कार्यक्रम सुरु गरिएको छ।
२. मिति २०८३ बैशाख २८ गतेदेखि जेठ १ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत गाउँपालिकाभित्र बजार व्यवस्थापन, मूल्य पारदर्शिता, उपभोक्ता सचेतना तथा सरसफाई सँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
३. गाउँपालिकाले अभियान अवधिभर बजार अनुगमनलाई प्रभावकारी रूपमा अघि बढाइने जनाएको छ भने मूल्य सूची नराख्ने, दर्ता तथा नवीकरण नगरी व्यवसाय सञ्चालन गर्ने, बिल नदिने, कृत्रिम अभाव सिर्जना गरी बढी मूल्य असुल्ने, कालोबजारी गर्ने तथा म्याद गुज्रिएका सामग्री बिक्री वितरण गर्ने कार्य पाइएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने जनाएको छ।
मनोज थापा, पाँचथर
पाँचथरको कुम्मायक गाउँपालिका मा उपभोक्ताको हकहित संरक्षण, बजार सुशासन कायम तथा स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले “मूल्य पारदर्शिता सप्ताह” तथा राष्ट्रिय सरसफाइ सप्ताह कार्यक्रम आजबाट सुरु गरिएको छ।
गाउँपालिकाको केन्द्र यासोक बजारमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष वंम प्रसाद लावती ले ब्यानर पढेर कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको थियो। कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू,जनप्रतिनिधिहरू,कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो।
मिति २०८३ बैशाख २८ गतेदेखि जेठ १ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत गाउँपालिकाभित्र बजार व्यवस्थापन, मूल्य पारदर्शिता, उपभोक्ता सचेतना तथा सरसफाइसँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

कार्यक्रमको पहिलो दिन कुम्मायक आधारभूत अस्पताल सरसफाई, यासोक बजार तथा आसपासका क्षेत्रमा सूचना माइकिङ गर्दै बजारबासी तथा व्यवसायीहरूलाई मूल्य सूची राख्ने, ग्राहकलाई अनिवार्य बिल उपलब्ध गराउने, म्याद गुज्रिएका सामग्री बिक्री नगर्ने, व्यवसाय दर्ता तथा नवीकरण गर्ने, खाद्य स्वच्छता कायम राख्ने लगायतका विषयमा जानकारी तथा सचेतना प्रदान गरिएको थियो।
त्यससँगै बजार क्षेत्र, सार्वजनिक स्थल तथा सडक आसपास सरसफाइ अभियान समेत सञ्चालन गरिएको थियो। गाउँपालिकाले अभियान अवधिभर बजार अनुगमनलाई प्रभावकारी रूपमा अघि बढाइने जनाएको छ। अनुगमनका क्रममा मूल्य सूची नराख्ने, दर्ता तथा नवीकरण नगरी व्यवसाय सञ्चालन गर्ने, बिल नदिने, कृत्रिम अभाव सिर्जना गरी बढी मूल्य असुल्ने, कालोबजारी गर्ने तथा म्याद गुज्रिएका सामग्री बिक्री वितरण गर्ने कार्य पाइएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जय नारायण खनाल ले राष्ट्रिय सरसफाइ सप्ताह अवधिभर गाउँपालिकाभित्र विभिन्न सचेतनामूलक तथा सरसफाइ सम्बन्धी कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
कुम्मायक गाउँपालिकाले स्वच्छ, स्वस्थ, व्यवस्थित तथा उपभोक्तामैत्री बजार वातावरण निर्माणका लागि सम्पूर्ण व्यापारी, व्यवसायी, उपभोक्ता तथा सरोकारवालाहरूलाई सहयोग, समन्वय तथा सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ कार्यक्रम जेठ १ गतेसम्म निरन्तर सञ्चान हुने गाउँपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











