0 प्रतिक्रिया
“जीवनरक्षक कार्यक्रम बेवास्ता नगर्नुहोस्” -संसद भूमिका लिम्बु सुब्बा
AI सारांश
Fast AI१. प्रतिनिधि सभा सदस्य भूमिका लिम्बु सुब्बाले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई निरन्तरता दिन र आवश्यक बजेट सुनिश्चित गर्न सरकारसँग आग्रह गर्नुभयो।
२. सांसद सुब्बाले पाँचथरको चिवाभञ्ज्याङ–थर्पु सडक निर्माण कार्यमा भएको ढिलासुस्ती प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो।
३. उहाँले राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने मध्यपहाडी लोकमार्गको सडक निर्माण कार्य शीघ्र सम्पन्न गर्न सरकारसँग माग गर्नुभयो।
काठमाडौं । प्रतिनिधि सभा सदस्य भूमिका लिम्बु सुब्बा ले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई निरन्तरता दिन र पाँचथरको चिवाभञ्ज्याङ–थर्पु सडक निर्माण कार्य शीघ्र सम्पन्न गर्न सरकारसँग माग गर्नुभएको छ।
प्रतिनिधि सभाको विशेष समयमा सोमबार बोल्दै सांसद सुब्बाले विभिन्न विषयगत विधेयकहरूमाथि छलफल भइरहे पनि जनजीवनसँग प्रत्यक्ष जोडिएका धेरै संवेदनशील विषयहरू अझै पर्याप्त रूपमा समेटिन नसकेको बताउनुभयो।
उहाँले “राष्ट्रपति महिला उत्थान कार्यक्रम” दुर्गम हिमाली तथा पहाडी क्षेत्रका गर्भवती र सुत्केरी महिलाका लागि जीवनरक्षक कार्यक्रमका रूपमा स्थापित भएको उल्लेख गर्दै यसलाई निरन्तरता दिन आवश्यक बजेट सुनिश्चित गर्न सरकारसँग आग्रह गर्नुभयो।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी को कार्यकालमा दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार सेवा प्रभावकारी रूपमा सञ्चालनमा ल्याइएको स्मरण गर्दै उहाँले उक्त कार्यक्रमपछि मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा सकारात्मक प्रभाव परेको सरकारकै दाबी रहेको बताउनुभयो।
“राम्रो परिणाम दिइरहेको, सयौं आमा र शिशुको जीवन बचाउन सफल भएको कार्यक्रमलाई हटाइनु वा बेवास्ता गरिनुलाई हामीले के अर्थमा बुझ्ने ?” भन्दै सांसद सुब्बाले राज्यको पहिलो दायित्व नागरिकको जीवन रक्षा गर्नु भएको उल्लेख गर्नुभयो।
यस्तै, उहाँले राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने मध्यपहाडी लोकमार्गको प्रस्थान बिन्दु नेपाल–भारत सीमाना पाँचथरको चिवाभञ्ज्याङदेखि थर्पुसम्मको ५० दशमलव ६४ किलोमिटर सडक निर्माण कार्यमा भएको ढिलासुस्तीप्रति पनि सरकारको ध्यानाकर्षण गराउनुभयो।
२०७७ सालमा तीन वटा प्याकेजमा ठेक्का लगाइएको उक्त सडक निर्माण कार्य निर्माण कम्पनीहरूको लापरवाही र गैरजिम्मेवारीका कारण हालसम्म अलपत्र अवस्थामा रहेको उहाँको भनाइ थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









