0 प्रतिक्रिया
किरात राई पत्रकार संघ पाँचथरको अधिवेशन सम्पन्न, अध्यक्षमा दोहोरिए राई
इवारा जवेगु
पाँचथर । किरात राई पत्रकार संघ पाँचथरको चौथो अधिवेशन आइतबार फिदिममा सम्पन्न भएको छ।
पत्रकार महासंघ पाँचथरको हलमा सम्पन्न अधिवेशनबाट पुनः सुवास राई अध्यक्ष बनेका छन्। राईको अध्यक्षतामा जिल्लामा ६ सदस्यीय कार्यसमिति चयन भएको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पुरन सुकिता राई, सचिव मन्जना राई, सह सचिव विराज राई र कोषाध्यक्षमा शिल्पा राई चयन भएका हुन् । सदस्यमा रमेश शिप्तुङखा राई रहेका छन्।
नव गठित समितिलाई कार्यक्रमका प्रमुख अथितिथि किरात राई पत्रकार संघका केन्द्रिय सचिव राजकुमार इशारा राई सहित विशिष्ट अतिथि किरात राई यायोक्खा, पाँचथरका अध्यक्ष गणेश साम्पाङ तथा विशेष अतिथिहरू नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कोशी प्रदेश समितिका अध्यक्ष विजयबोध लाओती, नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष भीमकुमार बाँस्कोटा, नेपाल प्रेस युनियन पाँचथरका अध्यक्ष दीपक बोहोरा र लिम्बू पत्रकार संघ पाँचथरका अध्यक्ष रजनी हाङसरुम्बाले शुभकामना दिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






