+
+

श्रीमान् गुमाएकी बुधमायालाई सहारा नेपालको साथ : १ लाख ५० हजार कर्जा मिनाह

42 पटक हेरिएको
Clock २०८३ भाद्र २८, आईतवार २०:१४
-- Sponsored --

कुमार खड्का

पाँचथर- आफन्त गुमाएका परिवारलाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेयर सदस्यलाई साथ दिदै आएको छ।
यसै क्रममा पाँचथरको तुम्बेवा गाउँपालिका–३ निवासी सहारा नेपालकी शेयर सदस्य बुधमाया लावतीले लिएको कर्जा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सेवा केन्द्र यासोकले मिनाहा गरेको छ। शेयर सदस्य बुधमाया लावतीका श्रीमान् रुद्रबहादुर लावतीको निधनपछि संस्थाले कर्जा
मिनाह गरेको हो।
संस्थाले कर्जा सुरक्षणअन्तर्गत रु. १ लाख ५० हजार कर्जा मिनाहा गरेको छ। साथै, यसअघि तिर्नुभएको रु. १ लाख २ हजार रकमसमेत बुधमाया लावतीलाई हस्तान्तरण गरिएको सहारा नेपाल साकोस यासोक सेवा केन्द्रका प्रमुख सन्दिप तुम्रोकले जानकारी दिनु भयो।
सहारा नेपालका सेयर सदस्यले ऋण लिएर उक्त परिवारको श्रीमान वा श्रीमाती निधन भएमा लिएको ऋण मिनाह गर्ने गरिएको सहारा नेपाल साकोस यासोक सेवा केन्द्रका प्रमुख सन्दिप तुम्रोकले जानकारी दिनु भयो।
यसअघि पनि सहारा नेपाल सेवा केन्द्र यासोकले पाँचथरको मिक्लाजुङ गाउँपालिका १ निवासी सेयर सदस्य मृतक रनमाया राईले लिएको १ लाख ऋण मिनाह गरिएको छ। र कुम्मायक ३ निवासी सेयर सदस्य मृतक सन्तोष सम्बाहाम्फेले लिएको १ लाख १० हजार ऋण मिनाह गरिएको सहारा नेपाल सेवा केन्द्र यासोक शाखा प्रमुख सन्दिप तुम्रोकले बताउनुभयो।

यसैबिच तुम्बेवा निवासी बुधमायाको कर्जा मिनाहाको अवसर पारेर तुम्बेवा गा.पा को केन्द्र मौवा बजारमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सेवा केन्द्र यासोकको आयोजनामा सदस्य विस्तारित भेला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य सरिता कुरुम्भङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुम्बेवा गाउँपालिकाका उपाध्यक्ष खड्गसुन्दर सम्बाहाम्फे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा सहारा नेपाल अनुगमन कार्यालय इलामका अनुगमन अधिकृत अरुण श्रेष्ठ, सेवा केन्द्र यासोकका प्रमुख सन्दिप तुम्रोक, कर्मचारी अनुप रिजाल लगायतको उपस्थिति रहेको थियो।

नेपाल अनुगमन कार्यालय इलामका अनुगमन अधिकृत अरुण श्रेष्ठ, सेवा केन्द्र यासोकका प्रमुख सन्दिप तुम्रोकले सहभागीलाई बचत, ऋणको सदुपयोग, वित्तीय व्यवस्थापन तथा सहकारीसम्बन्धी विषयमा जानकारी दिइएको थियो। त्यस्तै एटीएम तथा मोबाइल बैंकिङ सेवाको प्रयोग, सुविधा र सुरक्षाबारे समेत जानकारी गराउनुभएको थियो। उक्त कार्यक्रममा सस्थाले आफ्नै एटीएम कार्ड वितरण गरिएको छ।

सहारा नेपाल सेवा केन्द्र यासोकमा हाल १२ सय ५१ जना सेयर सदस्य रहेका छन। सहारा नेपाल सेवा केन्द्र यासोकले कुम्मायक, फाल्गुनन्द, मिक्लाजुङ, तुम्बेवा गाउँपालिकामा सेवा दिदैँ आएको छ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका हाल ८० वटा सेवा केन्द्र रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win