0 प्रतिक्रिया
प्रथम अर्गेली कपको उपाधि मिक्लाजुङ–५ सल्लेरीलाई
AI सारांश
Fast AI१. पाँचथरको मिक्लाजुङमा आयोजित प्रथम अर्गेली कप भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ–५ सल्लेरी टोलीले जितेको छ।
२. उपाधिसँगै विजेता टोलीले दुई मन र उपविजेताले एक मन सुक्खा अर्गेली (लोक्ता) पुरस्कारस्वरूप प्राप्त गरेको छ।
३. नेपाल तरुण दलले स्थानीय उत्पादनको प्रवर्द्धन र युवाको सामाजिक योगदान बढाउन खेलकुदसँग जोडेर यो प्रतियोगिता आयोजना गरेको हो।
मनोज थापा
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ मा आयोजित प्रथम अर्गेली (लोक्ता) कप–२०८३ टोलस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ–५ सल्लेरीले जितेको छ।
बिहीबार सम्पन्न फाइनल खेलमा सल्लेरीले आयोजक नेपाल तरुण दल, मिक्लाजुङ–१ लाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। उपाधिसँगै सल्लेरीले पुरस्कारस्वरूप दुई मन सुक्खा अर्गेली (लोक्ता) प्राप्त गरेको छ भने उपविजेता आयोजक टोलीले एक मन लोक्ता प्राप्त गरेको छ।
१२ टिमको सहभागिता रहेको प्रतियोगिताका प्रमुख अतिथि नेपाल तरुण दल पाँचथरका जिल्ला अध्यक्ष सुमन लामा रहेका थिए। उनले स्थानीय उत्पादनलाई खेलकुदसँग जोडेर प्रतियोगिता आयोजना गर्नु सकारात्मक प्रयास भएको बताउँदै यस्ता कार्यक्रमले खेलकुदको विकाससँगै स्थानीय उत्पादनको पहिचान र प्रवर्द्धनमा सहयोग पुग्ने धारणा राखे।
‘स्थानीय उत्पादनको प्रवर्द्धन, आर्थिक समुन्नतिमा तरुणको योगदान’ भन्ने मूल नाराका साथ नेपाल तरुण दल, मिक्लाजुङ–१ वडा कार्यसमितिले कात्तिक १८ र १९ गते प्रतियोगिता आयोजना गरेको हो।
आयोजक समितिका अध्यक्ष मार्शलहाङ आङ्देम्बेका अनुसार खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी स्थानीय उत्पादन, आर्थिक गतिविधि र युवाको सामाजिक योगदानसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
अर्गेलीलाई पुरस्कारका रूपमा राखेर स्थानीय स्रोतसाधनको पहिचान, उपयोग र प्रवर्द्धन गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताले खेलकुदको विकाससँगै स्थानीय उत्पादनको आर्थिक सम्भावना उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






