+
+

डा. महतको प्रश्न- विदेशबाट आउने आलु-प्याजको भ्याट हटाएर स्वदेशी उत्पादन कसरी संरक्षण हुन्छ ?

121 पटक हेरिएको
Clock २०८१ जेष्ठ २०, आईतवार ०९:५७
-- Sponsored --

AI सारांश

Fast AI

१. पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेट समयसापेक्ष नभएकाले कार्यान्वयनमा आशंका रहेको टिप्पणी गरेका छन्।
२. उनले ९९ अर्ब आन्तरिक ऋण लिने निर्णय लिएको भन्दै आलोचना गरेका हुन्, जो उत्पादनाशील क्षेत्रमा खर्च नगर्ने गलत स्थानमा लगानी गर्दा राजश्व वृद्धि हुँदैन।
३. उनले अर्थमन्त्रीले आलू, प्याज र स्याउसहितका फलफुलमाथि भन्सारमा लगाएको भ्याट हटाएर कसरी स्वदेशी उत्पादनको संरक्षण हुन्छ भन्ने प्रश्न गरेका थिए।

काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले बजेट समयसापेक्ष नभएकाले कार्यान्वयनमा आशंका रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै डा.महतले ऋणको भार बढिरहेका बेला ९९ अर्ब  आन्तरिक ऋण लिने निर्णय लिएको भन्दै आलोचना गरेका हुन् ।

उनले भने- ‘१८ खर्ब ६० अर्ब बजेट पुर्‍याउन अर्थमन्त्री वर्षमान पुनजीले ९९ अर्ब आन्तरिक ऋण लिने निर्णय लिनु भयो । यो रकम सानो रकम होइन । उत्पादनाशील क्षेत्रमा खर्च नगर्ने गलत स्थानमा लगानी गर्दा राजश्व वृद्धि हुँदैन ।’

बजेटमाथि टिप्पणी गर्दै उनले उत्पादन र रोजगारी बढे मात्रै राजश्व वृद्धि हुने भन्दै ऋण तिर्न नसक्ने अवस्था सृजना हुनेमा आशंका व्यक्त गरे।  

उनले भौतिक मन्त्रालयलाई  १ खर्ब ३४ अर्बबाट १ खर्ब ५० अर्ब पुर्‍याएको बताउदै  सहरी विकास योजनामा केवल ६६ अर्ब ९२ करोड बनाएको उल्लेख गर्दै मन्त्रालयगत रुपमा बजेटको विभाजन असमान रहेको बताए ।

साथै उनले अर्थमन्त्रीले आलू, प्याज र स्याउसहितका फलफुलमाथि भन्सारमा लगाएको भ्याट हटाएर कसरी स्वदेशी उत्पादनको संरक्षण हुन्छ भन्ने प्रश्न गरेका थिए । उनले अर्थमन्त्रीले सिधै झुटो बोलेको बताउदै यसले विदेशी उत्पादन नेपाली बजारमा सस्तो हुने र नेपाली उत्पादनले बजार नपाउने दाबि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win