+
+

नवौं स्मृति दिवसमा लावतीको विकास प्रेमको चर्चा

306 पटक हेरिएको
Clock २०८१ जेष्ठ २७, आईतवार १७:१८
-- Sponsored --

AI सारांश

Fast AI

१. दिवङ्गत पूर्वमन्त्री पद्मसुन्दर लावतीको नवौं स्मृति दिवसका अवसरमा फिदिममा आयोजित कार्यक्रममा उहाँको विकासवादी ब्यक्तित्वबारे चर्चा गरिएको छ।
२. लावतीले जिल्लाको विकासमा पु¥याउनुभएको योगदानको प्रसंशा गर्नुभयो र उहाँको उचाइमा जिल्लाका अन्य नेता पुग्न नसक्ने वताउनुभयो।
३. पद्मसुन्दर लावती प्रतिष्ठानले फिदिममा आयोजना गरेको कार्यक्रममा लावतीको पुस्तक ‘मेरो देश, मेरो परिवेश’को दोश्रो संस्करण तथा लावतीको योगदान र जिम्मेवारी उल्लेखित ब्रोसर सार्वजनिक गरिएको छ।

फिदिम। दिवङ्गत पूर्वमन्त्री पद्मसुन्दर लावतीको नवौं स्मृति दिवसका अवसरमा उहाँको विकासवादी ब्यक्तित्वबारे फिदिममा चर्चा गरिएको छ।

लावतीको नवौं स्मृति दिवसका अवसरमा पद्मसुन्दर लावती प्रतिष्ठानले आज फिदिममा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले उहाँले जिल्लाको विकासमा पु¥याउनुभएको योगदानको प्रसंशा गर्नुभयो। पूर्वमन्त्री एवम् संविधानसभाका सदस्य श्रीप्रसाद जबेगू लावतीको उचाइमा जिल्लाका अन्य नेता पुग्न नसक्ने वताउनुहुन्छ । “राजनीतिमा लामो समय ब्यतित गर्दा लावतीले विकासका क्षेत्रमा अतुलनीय योगदान गर्नुभयो”, जबेगूले भन्नुभयो, “मैले भन्ने गरेको छु, अरुले चाहेर पनि उहाँको स्थानमा पुग्न सक्दैनौं ।”

पद्मसुन्दर लावती प्रतिष्ठानका सचिव लोकेन्द्र आलेमगर जिल्लामा शिक्षा, स्वास्थ्य, विद्युत लगायत क्षेत्रमा लावतीको योगदान सधैं स्मरणीय रहेको वताउनुहुन्छ । लावतीको देनलाई जीवन्त तुल्याउन प्रतिष्ठानले प्रयास गर्ने उहाँको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता समेत रहनुभएका दिवङ्गत लावतीका सुपुत्र सगुनसुन्दर लावतीले आफ्ना पिताको योगदानलाई सबै जिल्लावासीले साझा रुपमा लिएको वताउनुहुन्छ । “उहाँमा जुन विकास प्रेम थियो, अहिले त्यसको अभाव छ”, लावतीले भन्नुभयो, “त्यो अभाव खड्किएपनि हामीले उहाँको पदचाप पच्छ्याइरहेका छौं ।”

पद्मसुन्दर लावती प्रतिष्ठानले फिदिममा आयोजना गरेको कार्यक्रममा लावतीको पुस्तक ‘मेरो देश, मेरो परिवेश’को दोश्रो संस्करण तथा लावतीको योगदान र जिम्मेवारी उल्लेखित ब्रोसर सार्वजनिक गरिएको छ । यस्तै साँझ ७ बजे फिदिमको अस्पताल मोडमा रहेको लावतीको शालिकमा माल्यार्पण गरिनुका साथै दीप प्रज्ज्वलन गरिएको पद्मसुन्दर लावती प्रतिष्ठानका अध्यक्ष विजयबोध लावतीले जानकारी दिनुभयो । स्मृति दिवसका अवसरमा फिदिम नगरपालिका–२ स्थित आदर्श आधारभूत विद्यालयका विद्यार्थीलाई रु. १५ हजार मूल्यको खाद्य सामग्री वितरण गरिएको उहाँले वताउनुभयो।

स्मृति दिवसको कार्यक्रममा संविधानसभा सदस्य बबिना मोक्तानसहित जिल्ला स्थित राजनीतिक दल, नागरिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, लावतीका समर्थक फिदिमवासीहरुको सहभागिता थियो ।

वि.सं. १९९६ साउन ७ गते पाकिस्तानमा जन्मनुभएका लावतीको २०७२ साल जेठ २७ गते उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो। २०२१ सालमा पाँचथरको यासोक गाउँ पञ्चायतको प्रधानपञ्च निर्वाचित भएपछि अघि बढेको लावतीको राजनीतिक यात्रा जीवनपर्यन्त चलेको थियो । यस क्रममा उहाँले उद्योग वाणिज्य र स्वास्थ्य राज्यमन्त्री, स्वास्थ्य, गृह, सामान्य प्रशासन, उद्योग, सञ्चार, भूमि सुधार तथा ब्यवस्था र कृषि मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो।

२०२४ सालदेखि राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित उहाँ प्रजातन्त्र पुनस्र्थापनापश्चात वि.सं. २०५१ सालको मध्यावधि निर्वाचनमा पाँचथर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो। राप्रपाको संस्थापक समेत रहनुभएका लावती राप्रपा नेपाल समानान्तरको अध्यक्षसमेत बन्नुभएको थियो । उहाँको पहलमा मेची राजमार्ग विस्तार र कालोपत्र, जलविद्युत विकास, जिल्ला अस्पताल, पाँचथर बहुमुखी क्याम्पस लगायत संस्थाको स्थापना, मुख्य सडकहरुको ट्रयाक विस्तार, सिंचाइ, खानेपानी विद्यालय र स्वास्थ्य संस्थाको स्थापना भएको जिल्लावासीको बुझाइ छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win