0 प्रतिक्रिया
कुम्मायकको खानेपानीमा समस्या, पाँच दिनपछि संचालन हुने
AI सारांश
Fast AIनेपालको पाँचथरको कुम्मायक गाउँपालिकामा खानेपानी योजनामा समस्या देखिएको छ। यासोक सुख्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजनाको च्यानडाँडा ट्याङ्कीमा पानी चुहिने समस्या देखा परेपछि कुम्मायक–१ र ५ को साविक चार वटा टोलमा खानेपानी अवरुद्ध भएको हो।
ट्याङ्कीमा देखिएको समस्या समाधान गर्न ५ दिन लाग्ने भएकाले पाँच दिनसम्म खानेपानी अबरुद्ध हुने समितिका अध्यक्ष मेघराज निरौलाले बताए। सो ट्याङ्कीबाट कुम्मायक–५ को साविक लोरिपा, निगाले र नर्कटे टोल त्यस्तै कुम्मायक–१ को भदौरेमा खानेपानी बितरण हुदै आएको थियो।
खानेपानीको ट्याङ्की मर्मत सम्हार भइरहेकाले चाडै खानेपानी वितरण गर्ने समितिले जनाएको छ।
फाईल तस्वीर
रमेश थापा
पाँचथरको कुम्मायक गाउँपालिकाको खानेपानी योजनामा समस्या देखिएको छ। गाउँपालिकामा संचालित यासोक सुख्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजनाको च्यानडाँडा ट्याङ्कीमा पानी चुहिने समस्या देखा परेपछि कुम्मायक–१ र ५ को साविक चार वटा टोलमा खानेपानी अवरुद्ध भएको हो। आयोजनाको ट्याङ्कीको प्लाष्टर फुटेपछि पानी चुहावट भएको थियो। खानेपानीको ट्याङ्कीमा देखिएको समस्या समाधान गर्न ५ दिन लाग्ने भएकाले पाँच दिनसम्म खानेपानी अबरुद्ध हुने समितिका अध्यक्ष मेघराज निरौलाले बताए।
सो ट्याङ्कीबाट कुम्मायक–५ को साविक लोरिपा, निगाले र नर्कटे टोल त्यस्तै कुम्मायक–१ को भदौरेमा खानेपानी बितरण हुदै आएको थियो। खानेपानीको ट्याङ्की मर्मत सम्हार भइरहेकाले चाडै खानेपानी वितरण गर्ने समितिले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









