0 प्रतिक्रिया
अमेरिका मुना पाण्डेको हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ
AI सारांश
Fast AI१. अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिलाई प्रहरी पक्राउ गरेको छ।
२. अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको अवस्थामा सोमबार भेटिएकी थिइन्।
३. नेपालमा भोजपुरकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन्।
काठमाडौं । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिलाई प्रहरी पक्राउ गरेको छ।
अमेरिकामा नेपाली पत्रकारहरुले संचालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्बीर सार्बजनिक भएपछि प्राप्त सूचनाका आधारमा प्रहरीले ति व्यक्तिलाई ट्राफिकमा रोकिएको अवस्थामा पक्राउ गरेको हो।
ति व्यक्ति मुना मृत भेटिएको स्थानमा अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएपछि प्रहरीले तस्वीर सार्बजनिक गरेको थियो । उनीविरुद्ध अहिलेसम्म बयान मात्र लिइएको र कुनै किसिमको मुद्धा दायर भने गरिएको छैन।
अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको अवस्थामा सोमबार भेटिएकी थिइन्।
नेपालमा भोजपुरकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन्। २१ वर्षीया मुनाको हत्या किन भयो भन्ने बारे प्रहरी अहिले पनि अनुसन्धानमै रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









