+
+

कुम्मायकमा चार विद्यार्थी पुरस्कृत, तीन सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

267 पटक हेरिएको
Clock २०८१ कार्तिक २६, सोमबार १०:३५
-- Sponsored --

AI सारांश

Fast AI

१. कुम्मायक गाउँपालिकामा १६ औँ राष्ट्रिय विभुती तथा महागुरु फाल्गुनन्द लिङदेनको १४० औँ जन्म जयन्तीको अवसरमा गत वर्षको एस.ई.ई.परीक्षामा ३ जि.पि.ए. भन्दा माथी अंक ल्याउने चार जना विद्यार्थीलाई नगद ५ हजार सहित प्रशंसा पत्रले सम्मान गरिएको हो।
२. कुम्मायकका ३७ सामुदायिक विद्यालय मध्ये २ संस्थागत र २१ सामुदायिक गरी २३ विद्यालयमा अध्यायनरत कक्षा ४ र ५ का ३ सय जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
३. राष्ट्रिय बिभुति महागुरु फाल्गुनन्द लिङ्देन अक्षयकोषको वार्षिक ब्याज रकम नगद ९० हजार ४९० रुपैयाँ रकमबाट ३ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

रमेश थापा
यासोक-पाँचथरको कुम्मायक गाउँपालिकामा चार विद्यार्थीलाई सम्मान सहित पुरस्कृत गरिएको छ। गाउँपालिकामा १६ औँ राष्ट्रिय विभुती तथा महागुरु फाल्गुनन्द लिङदेनको १४० औँ जन्म जयन्तीको अवसरमा गत वर्षको एस.ई.ई.परीक्षामा ३ जि.पि.ए. भन्दा माथी अंक ल्याउने चार जना विद्यार्थीलाई  नगद ५ हजार सहित प्रशंसा पत्रले सम्मान गरिएको हो।
सम्मानित हुने विद्यार्थीहरुमा पृथ्वी मा.वि यासोकका टीकाराज खत्री, महेन्द्रोदय मा.वि स्यावरुम्बाकी नुमा चेम्जोङ्ग रहेका छन। त्यस्तै प्राविधिक तथा व्यावसायिक शिक्षा तर्फ पृथ्वी मा.वि यासोकका सुसन चाम्लीङ र तारा खड्का रहेका छन। सोही कार्यक्रममा कुम्मायकका ३७ सामुदायिक विद्यालय मध्ये २ संस्थागत र २१ सामुदायिक गरी २३ विद्यालयमा अध्यायनरत कक्षा ४ र ५ का ३ सय जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
 राष्ट्रिय बिभुति महागुरु फाल्गुनन्द लिङ्देन अक्षयकोषको वार्षिक ब्याज रकम नगद ९० हजार ४९० रुपैयाँ रकमबाट ३ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको कुम्मायक कुस्सायक महागुरु शालिक संरक्षण समितिका कार्यवाहक अध्यक्ष देबेन्द्रकुमार लावतीले जानकारी दिनुभयो। गत आर्थिक वर्षको अक्षयकोषको ३१ लाख ६३ हजारको वार्षिक ब्याज रकम ९० हजार ४९० रुपैयाँ रकमबाट २३ विद्यालयका कक्षा ४ र ५ का ३ सय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको राष्ट्रिय बिभुति महागुरु फाल्गुनन्द लिङ्देन अक्षयकोष तथा शालिक संरक्षण समितिका अध्यक्ष सुर्य विक्रम चेम्जोङले जानकारी दिनुभयो।

 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win