‘सबै धर्म, भाषा र संस्कृतिको संरक्षण हुनुपर्ने’
AI सारांश
Fast AI१. नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले बहुभाषिक, बहुधार्मिक, बहुजातीय मुलुकका सबै भाषा, धर्म र संस्कृतिको संरक्षण र संवर्द्धन हुनुपर्ने बताउनुभएको छ।
२. नेता कोइरालाले शताब्दीऔँदेखि नेपालीले विविधतामा एकता कायम गर्दै पहिचान, संस्कृति र परम्पराको पालना गर्दै आइरहेको बताउनुभयो ।
३. फाल्गुनन्दले तत्कालीन कुरीति कुसंस्कारको अन्त्य गर्न विसं १९८८ वैशाख २४ गते पाँचथरको लब्रेकुटीमा तत्कालीन लिम्बूवानवासी गन्यमान्य सुब्बा, सुवाङ्गी, कारबारी, बुद्धिजीवीहरुलाई आम भेला गराई सातबुँदे ‘सत्यधर्म मुचुल्का’ निर्माण गर्नुभएको थियो।
फिक्कल (इलाम), २५ कात्तिकः नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले सबै धर्म, भाषा र संस्कृतिको संरक्षण र संवर्द्धन हुनुपर्ने बताउनुभएको छ।
आज इलामको सन्दकपुर गाउँपालिका–४ माबुमा आयोजित राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको एक सय ४०औँ जन्मजयन्ती समारोह उद्घाटनमा बोल्दै उहाँले बहुभाषिक, बहुधार्मिक, बहुजातीय मुलुकका सबै भाषा, धर्म र संस्कृतिको संरक्षण र संवर्द्धन हुनुपर्ने बताउनुभएको हो।
उहाँले नेपालका विभिन्न धर्म, धाषा र संस्कृतिले नेपाली राष्ट्रियतालाई बलियो बनाएको उल्लेख गर्नुभयो। नेता कोइरालाले शताब्दीऔँदेखि नेपालीले विविधतामा एकता कायम गर्दै पहिचान, संस्कृति र परम्पराको पालना गर्दै आइरहेको बताउनुभयो । “सामूहिक भावबाट उत्पन्न एकता, शक्ति निर्माण र सामूहिक प्रगतिको भावनाले नेपाली राष्ट्रियता बलियो भएको छ”, कोइरालाले भन्नुभयो, “यसलाई थप मजबुत बनाउन सबै पक्ष एकताका साथ लाग्नुपर्छ ।”
उहाँले फाल्गुनन्दको ‘सत्य, शान्ति र अहिंसावादी’ दर्शनलाई पछिल्लो किरात समुदायले अनुसरण गर्दै अन्तर्राष्ट्रिय समुदायबीच बनाएको पहिचानले नेपाली संस्कृति र सभ्यतालाई थप उचाइमा पु-याएको उल्लेख गर्नुभयो।
जन्मजयन्तीका अवसरमा यहाँ निर्माण गरिएको फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरण गर्नाका साथै किरात माङहिम (मन्दिर) उद्घाटनसमेत गरिएको छ। फाल्गुनन्दले तत्कालीन कुरीति कुसंस्कारको अन्त्य गर्न विसं १९८८ वैशाख २४ गते पाँचथरको लब्रेकुटीमा तत्कालीन लिम्बूवानवासी गन्यमान्य सुब्बा, सुवाङ्गी, कारबारी, बुद्धिजीवीहरुलाई आम भेला गराई सातबुँदे ‘सत्यधर्म मुचुल्का’ निर्माण गर्नुभएको थियो।
माङसेबुङ गाउँपालिका–२ (साविक इभाङ–५) चुक्चीनाम्बामा विसं १९४२ कात्तिक २५ गते जन्मिनुभएका फाल्गुनन्दको विसं २००५ चैत २२ गते ६३ वर्षको उमेरमा पाँचथरको सिलौटीमा निधन भएको थियो। फाल्गुनन्दलाई सरकारले विसं २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो। किरात धर्मावलम्बीहरुले हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जन्मजयन्ती मनाउँदै आएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories








Have you ever thought about adding a little bit more than just your articles? I mean, what you say is valuable and everything. Nevertheless just imagine if you added some great photos or video clips to give your posts more, “pop”! Your content is excellent but with images and video clips, this website could undeniably be one of the most beneficial in its field. Superb blog!