+
+

शेखर कोइरालाले गरे कोशी प्रदेश सम्मेलन बहिस्कार

37 पटक हेरिएको
Clock २०८१ मंसिर २१, शुक्रबार २१:५५
-- Sponsored --

AI सारांश

Fast AI

१. नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशको सम्मेलन बहिस्कार गरेका छन्।
२. कोइराला शनिबार चितवनक कांग्रेस नेता उद्धव लोहनीका बुवा स्व. टेकबहादुर लोहनी र केन्द्रीय सदस्य दिनेश कोइरालाका बुवा स्व. भीष्मकान्त कोइरालाको शोकसभामा सहभागी हुने तय भएको छ।
३. कोइरालाले उक्त सम्मेलनमा देउवापछि आफूलाई दोस्रो वरियता मागिरहेका थिए तर मर्यादा क्रममा उनलाई दोस्रो वरियता नदिइने भएपछि बहिस्कार गरेको बताइएको छ।

काठमाडौं –  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशको सम्मेलन बहिस्कार गरेका छन्।

शनिबार विराटनगरमा हुन लागेको प्रदेश सम्मेलन छोडेर कोइराला चितवन जाने तय भएको छ। कोइराला शनिबार चितवनक कांग्रेस नेता उद्धव लोहनीका बुवा स्व. टेकबहादुर लोहनी र केन्द्रीय सदस्य दिनेश कोइरालाका बुवा स्व. भीष्मकान्त कोइरालाको शोकसभामा सहभागी हुने तय भएको उनको सचिवालयले जनाएको छ।

महामन्त्री गगन थापालगायत नेता विराटनगर गइसकेका छन्। सभापति शेरबहादुर देउवा प्रदेश सम्मेलनको मुख्य अतिथि रहेका छन्।

देउवापछि मञ्चमा दोस्रो वरियता खोजिरहेका कोइरालाले आफ्नै गृहनगर तथा प्रदेशमा हुन लागेको सम्मेलन बहिस्कार गरेका हुन्।

कोइरालाले उक्त सम्मेलनमा देउवापछि आफूलाई दोस्रो वरियता मागिरहेका थिए। तर, मर्यादा क्रममा उनलाई दोस्रो वरियता नदिइने भएपछि बहिस्कार गरेको बताइएको छ।

केन्द्रीय वरियतामा सभापति देउवापछि उपसभापति पूर्णबहादुर खड्का दोस्रो स्थानमा छन्। कोइराला वरियतामा २० नम्बरमा छन्।

१४औं महाधिवेशनमा देउवालाई कडा टक्कर दिँदै ४० प्रतिशत मत ल्याएका कोइरालाले वरियतामा पहिलेदेखि नै चित्त दुखाउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win