0 प्रतिक्रिया
कमल तुम्रोक पाँचथर क्लबको अध्यक्षमा निर्विरोध निर्वाचित
AI सारांश
Fast AIपाँचथर क्लब पाँचथरको अध्यक्ष पदमा कमल तुम्रोक निर्विरोध निर्वाचित भएका छन्।
अध्यक्ष तुम्रोकको नेतृत्वमा गठन भएको कार्यसमितिमा उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, र सदस्य पदका लागि विभिन्न पदाधिकारीहरूको चयन गरिएको छ।
क्लबले फुटबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले पाँचथर गोल्डकप आयोजना गर्दै आएको छ र आगामी प्रतियोगिताहरूलाई अझै भव्य र स्तरीय बनाउने तयारी सुरु भएको छ।
मनोज थापा
पाँचथर, मंसिर २५–पाँचथर क्लब पाँचथरको अध्यक्ष पदमा कमल तुम्रोक निर्विरोध निर्वाचित भएका छन्। मंगलबार सम्पन्न क्लबको ४ औँ अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै क्लबको आगामी योजना अघि बढाउने निर्णय गरेको हो।
अध्यक्ष तुम्रोकको नेतृत्वमा गठन भएको कार्यसमितिमा उपाध्यक्ष योगराज सेढाइ, ठाकुर नेम्बाङ, शिव अधिकारी, र योगेश थापा चयन भएका छन्। सचिव पदमा प्रदिप भण्डारी रहेका छन् भने सहसचिवमा पुरन मगर र सुवास बाँस्कोटाले जिम्मेवारी सम्हाल्ने भएका छन्। आर्थिक व्यवस्थापनका लागि कोषाध्यक्षमा बासुदेव ढुङ्गेल र सहकोषाध्यक्षमा हरी पैडेल चयन भएका छन्। यसरी नै साजन नेम्बाङ, भिमबहादुर कार्की, खगेन्द्र राई, इन्द्रबहादुर तामाङ, कुमार तामाङ, अमरबहादुर राई, उमेश बान्तवा राई र सुवास आङवो सदस्य पदमा निर्वाचित भएका छन् ।
क्लबले फुटबल खेलको विकास र विस्तारका लागि विगतका वर्षहरूमा सफलतापूर्वक पाँचथर गोल्डकप आयोजना गर्दै आएको छ। अध्यक्ष तुम्रोकले आगामी ५ औँ संस्करणको गोल्डकपलाई अझै भव्य र स्तरीय बनाउने तयारी सुरु भइसकेको जानकारी दिएका छन्।
गोल्डकप प्रतियोगिताले खेलकुदको माध्यमबाट पाँचथरको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रको विकासमा समेत योगदान पुर्याएको छ।
नयाँ कार्यसमितिले क्लबका विभिन्न योजनाहरू अघि बढाउँदै पाँचथरमा फुटबलको स्तरोन्नति र स्थानीय खेलाडीहरूको विकासलाई प्राथमिकता दिने बताएको छ। क्लबले जिल्लालाई खेलकुदको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न खेलप्रेमी, समर्थक, र समुदायको निरन्तर साथका लागि आह्वान गरेको छ।
नयाँ कार्यसमिति गठनसँगै पाँचथर क्लबले आफ्नो सक्रियता अझै सशक्त बनाउँदै राष्ट्रिय स्तरमा उदाहरणीय संस्था बन्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









