+
+

फाल्गुनन्द गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सिद्धदेवी मा.वि. नवमीडाँडा पहिलो

337 पटक हेरिएको
Clock २०८१ मंसिर ३०, आईतवार २१:५९
-- Sponsored --

AI सारांश

Fast AI

१. फाल्गुनन्द गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाले प्रथम स्थान हासिल गरेको छ।
२. घुर्विसे पञ्चमी माध्यमिक विद्यालयले दोस्रो स्थान प्राप्त गरेको छ भने जयनारायण आदर्श माध्यमिक विद्यालय मेहेलबोटेले तृतिय स्थान हासिल गरेको छ।
३. प्रतियोगिताका विजेता विद्यार्थी तथा विद्यालयहरुलाई कप, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो।

दिपक दुलाल, मंसिर ३०
फाल्गुनन्द गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाले प्रथम स्थान हासिल गरेको छ।
         फाल्गुनन्द गाउँपालिकाका १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको खेलकुद प्रतियोगितामा सबैभन्दा बढी ९ स्वर्णपदक, ५ रजत पदक र ६ कांस्यपदक प्राप्त गरेर यसवर्षको खेल आयोजक सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाले प्रथम स्थान हासिल गर्न सफल भएको हो। गतवर्षको समेत बिजेता रहेको सिद्धदेवी मा.वि. नवमीडाँडा यो वर्षको जितसँगै लगातार दोस्रो पटक बिजेता बनेको छ। उक्त विद्यालयले यस अघि लगातार ३ वर्षको प्रतियोगिता जितेर रनिङ शिल्ड आफ्नै बनाउन सफल भइसकेको छ।
यस्तै ७ स्वर्णपदक, ८ रजत पदक र ५ कांस्यपदकका साथ घुर्विसे पञ्चमी माध्यमिक विद्यालयले दोस्रो स्थान प्राप्त गरेको छ। जयनारायण आदर्श माध्यमिक विद्यालय मेहेलबोटेले ५ स्वर्णपदक, ५ रजत पदक र ५ कांस्य पदक जितेर प्रतियोगितामा तृतिय स्थान हासिल गरेको छ।
यसैगरी सत्यहाङ्मा माध्यमिक विद्यालय इम्बूङले ३ स्वर्णपदक, ३ रजत पदक र १ कांस्यपदक प्राप्त गरेको छ। जनकल्याण माध्यमिक विद्यालय फाक्तेपले २ स्वर्णपदक २ रजत पदक र ३ कांस्यपदक, पाथीभरा बोर्डिङ स्कूल राँकेले २ स्वर्णपदक र १ कांस्यपदक, जलसिंह माध्यमिक विद्यालय चिम्फुलाले १ स्वर्णपदक २ रजत पदक र २ कांस्यपदक, सिद्धेश्वरी माध्यमिक विद्यालय चिलिङ्देनले १ स्वर्णपदक र ३ कांस्यपदक, सारताप माध्यमिक विद्यालय सारतापले ३ रजत पदक र १ कांस्यपदक, ज्योति माध्यमिक विद्यालय आङ्साराङले २ रजत पदक र २ कांस्यपदक जित्न सफल भएका छन्।


प्रतियोगिताका विजेता विद्यार्थी तथा विद्यालयहरुलाई कार्यक्रमका प्रमूख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे, विशेष अतिथि गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत देवी प्रसाद तुम्बापो, शिक्षा शाखा प्रमूख बाबुराम राई लगायतले कप, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो।
यहि मंसिर २८,२९ र ३० गते फाल्गुनन्द गाउँपालिका वडा नं. १ स्थित सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडामा सञ्चालन भएको यसवर्षको फाल्गुनन्द गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले उद्धघाटन गर्नुभएको थियो। कार्यक्रम सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाका विद्यालय व्यवस्थापन ससमितिका अध्यक्ष चन्द्रराज आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरु,समाजसेवी, बुद्धिजिवी राजनीतिक दलका प्रतिनिधीहरु, संघसंस्थाका प्रतिनिधीहरु,अभिभावकहरु तथा फाल्गुनन्द गाउँपालिका भरिका विद्यालयका शिक्षकहरु साथै विद्यार्थीहरुको उपस्थिती रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win