+
+

हाँडीगाउँमा हरेक शुक्रबार कार फ्री डे

123 पटक हेरिएको
Clock २०८१ जेष्ठ २६, शनिबार ०७:४४
-- Sponsored --

AI सारांश

Fast AI

हाँडीगाउँमा गाडीरहित दिन (कार फ्री डे) मनाइँदै आइएको छ, जसको उद्देश्य सहरी वातावरण सुधारकर प्रदूषक तत्त्वको उत्सर्जनमा कमी ल्याउनु हो । यस क्षेत्रमा दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाइएको छ । हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रूपमा लिइन्छ ।
महानगरले हाँडीगाउँको पुनर्स्थापनाको गुरुयोजना बनाइसकेको बताउदै मध्यकालीन र दीर्घकालीन योजना पनि बनाएको छ ।
कार फ्री डे र सडक महोत्सव गुरुयोजनाको एउटा कार्यक्रम हो । यो कार्यक्रमलाई निरन्तर चलाउने महानगरको योजना रहेको बताएको छ ।

काठमाडौँ । सहरी वातावरण सुधारका लागि सवारी साधनबाट उत्सर्जन हुने प्रदूषक तत्त्वमा कमी ल्याउन झन्डै एक वर्ष देखि प्रत्येक शुक्रवार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्री डे) मनाइँदै आइएको छ ।

हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा सवारी प्रवेश निषेध गरिएको छ । 

यस क्षेत्रमा दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाइएको थियो । यस क्षेत्र भएर गुड्ने सवारी साधनलाई धोवीखोला कोरिडोर, गहना पोखरीबाट वडा कार्यालयतर्फको भित्री सडकको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।

यस क्षेत्रको पुनर्स्थापनाको गुरुयोजना बनाइसकेको बताउदै महानगरले सुधारका लागि मध्यकालीन र दीर्घकालीन योजना पनि बनाएको बताएको छ ।

हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रूपमा लिइन्छ । यहाँ भएका सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरहरू भएको प्रमाण पाइन्छ । इसा पूर्व दोस्रो शताब्दीका पुरातात्त्विक अवशेष र अन्य सम्पदा भवनहरूको जग यसै क्षेत्रमा मात्र छन् । 

हाँडीगाउँको यो लिच्छविकालीन इतिहासलाई त्यही कालको झल्को दिने खालका अवस्थितिमा रूपान्तरणका कामको थालनी गुरुयोजनाको लक्ष्य हो ।

कार फ्री डे र सडक महोत्सव यसको एउटा कार्यक्रम हो । यो कार्यक्रमलाई निरन्तर चलाउने महानगरको योजना रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win