0 प्रतिक्रिया
महिला फुटबल प्रतियोगिता : प्रगतिशील सेवा समाज विजयी
AI सारांश
Fast AIनेपाली समाचारलाई ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार लेख्न सकिन्छ:
१. हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका र प्रगतिशील सेवा समाज बाहुनीडाँडा विजयी भएका छन्।
२. पहिलो खेलमा हलेसी तुवाचुङले साकेला सिली समूह सल्लेलाई एकका विरुद्ध दुई गोलले पराजित गरेको हो, जबकि दोस्रो खेलमा प्रगतिशील सेवा समाज बाहुनीडाँडाले कात्तिके युवा क्लब (केवाइसी) हलेसीलाई शून्यका विरुद्ध तीन गोल गर्दै विजयी भएको हो।
३. उक्त प्रतियोगितामा विभिन्न जिल्लाका १६ टोलीले सहभागिता जनाएका छन् र 'मेरो गोल, लैङ्गिक हिंसाविरूद्धको बोल' नारासहित आयोजना गरिएको खुला महिला फुटबल प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका भौतिक पूर्वाधार एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले गर्नुभएको थियो।
खोटाङ, ८ मङ्सिर : हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका र प्रगतिशील सेवा समाज बाहुनीडाँडा विजयी भएका छन् ।
त्रिधार्मिकस्थल हलेसीस्थित बशाहाथान खेलमैदानमा भएको पहिलो खेलमा हलेसी तुवाचुङले साकेला सिली समूह सल्लेलाई एकका विरुद्ध दुई गोलले पराजित गरेको हो। हलेसी तुवाचुङका लागि रिम्स मगरले दुई गोल गरिन्। साकेला सिलीका लागि खेलको पहिलो हाफमा वीणा राईले गोल गरिन् । मध्यान्तरपछिको खेलमा साकेला सिलीले गोल गर्न सकेन।
यस्तै त्रिधार्मिकस्थल हलेसीस्थित बशाहाथान खेलमैदानमै भएको अर्को खेलमा कात्तिके युवा क्लब (केवाइसी) हलेसीलाई शून्यका विरुद्ध तीन गोल गर्दै प्रगतिशील सेवा समाज बाहुनीडाँडा विजयी भएको हो। बाहुनीडाँडाका लागि चाहना राईले दुई तथा विपना राईले एक गोल गरेकी थिइन् । हारसँगै हलेसी प्रतियोगिताबाट बाहिरिएको छ।
प्रतियोगिताअन्तर्गत आइतबार सरस्वती माध्यमिक विद्यालय अर्खौले र पद्मा स्पोर्टस् क्लब ओखलढुङ्गा तथा हलेसी तुवाचुङ नगरपालिका र रिनेबल फुटबल क्लब ओखलढुङ्गाबीच खेल हुने छ । लैङ्गिक हिङ्साविरूद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरिएको उक्त प्रतियोगितामा विभिन्न जिल्लाका १६ टोलीले सहभागिता जनाएका छन् ।
‘मेरो गोल, लैङ्गिक हिंसाविरूद्धको बोल’ नारासहित आयोजना गरिएको खुला महिला फुटबल प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका भौतिक पूर्वाधार एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले गर्नुभएको थियो । यही मङ्सिर १० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेता टोलीले रु एक लाख १० हजार एक सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले रु ५५ हजार पाँच सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले जानकारी दिनुभयो। –––
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









