+
+

लिम्बू थरगत सहजीकरण समूहको प्रथम याङवरक थुम भेला तथा सम्मान कार्यक्रम सम्पन्न

190 पटक हेरिएको
Clock २०८१ मंसिर २२, शनिबार ११:०१
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको याङवरक–४ मेदिबुङमा प्रथम याङवरकथुम भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
२. कार्यक्रममा यि पाँच ओटा पालिकाबाट निर्वाचित याक्थुङ (लिम्बू) जनप्रतितिधिहरुलाई सम्मान गरिएको छ।
३. प्रमुख अथिति पूर्व मन्त्रि तथा संविधानसभा सदस्य श्रीप्रसाद जवेगुले साँस्कृतिक पुर्नजागरणका विषय उठाउनुहुँदै पहिचानसँग जोडिएका स्थानहरुको नाम अप्रभंशित हुनु अथवा परिवर्तित हुनु चिन्ताको विषय रहेको बताउनुभयो।

इवारा जवेगु ,पाँचथर । । पाँचथरको याङवरक–४ मेदिबुङमा प्रथम याङवरकथुम भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
लिम्बू थरगत (याक्थुङ सयङ) सहजीकरण समुह याङवरक थुमको आयोजनामा उक्त कार्यक्रम याङवरक–४ मेदिबुङको सामुदायिक भवनको सभाहलमा बिहीबार सम्पन्न भएको हो।
प्रथम याङवरक थुम भेलामा याङवरक थुमका ५९ लिम्बू सयङहरु उपस्थित भएका थिए। जसमा पाँचथरका दुई ओटा गाउँपालिका याङवरक र हिलिहाङका केही वडाहरु त्यस्तै ताप्लेजुङ जिल्लाका तिन ओटा गाउँपालिका सिरिजंगा, सिदिङ्वा र पाथिभरा याङवरक गाउँपालिका रहेका छन्। कार्यक्रममा यि पाँच ओटा पालिकाबाट निर्वाचित याक्थुङ (लिम्बू) जनप्रतितिधिहरुलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा दुई पालिका अध्यक्ष, दुई पालिका उपाध्यक्ष र १७ जना वडाअध्यक्षहरु रहेका आयोजकले जनाएको छ।
प्रथम याङवरक थुम भेला तथा सम्मान कार्यक्रका प्रमुख अथिति पूर्व मन्त्रि तथा संविधानसभा सदस्य श्रीप्रसाद जवेगुले साँस्कृतिक पुर्नजागरणका विषय उठाउनुहुँदै पहिचानसँग जोडिएका स्थानहरुको नाम अप्रभंशित हुनु अथवा परिवर्तित हुनु चिन्ताको विषय रहेको बताउनुभयो। हामीले किपटसँगै संस्कृति, संस्कार र रैथाने उत्पादनलाई पनि जोड दिनुपर्छ, हाम्रा मुन्धुम, संस्कृतिहरु मौखिक रुपमा मात्र पुस्तान्तरण हुँदा हाम्रा थुप्रै मौलिकताहरु लोप हुदै गइरहेको छ। यसलाई लिखित रुपमा लैजान लागि पर्नुपर्ने उहाँको भनाई छ।
त्यस्तै नेपाली कांग्रेस जिल्ला सभापति रुपनारायण जवेगुले याक्थुङ सयङ सहजिकरणको उदेश्यलाई पार्टीले आफ्नै तरिकाले सहयोग गरिरहेको बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संघीय गणतन्त्र नेपालमा कुनै क्षेत्र, कुनै जाती विशेष, लिङ्ग विशेष अधिकारहरुलाई संकुचन गर्ने तत्वहरुलाई विफल बनाउनुपर्ने नेकपा एमाले जिल्ला कमिटि पाँचथरका अध्यक्ष विमल सापकोटाले बताउनुभयो।
नेकपा आमोवादी जिल्ला कमिटि पाँचथरका अध्यक्ष विशाल रसाइलिले हालको संविधान निकै फराकिलो रहेको बताउनुभयो। हामीले आफ्नो भाषा, लिपि, संस्कार, संस्कृतिहरुलाई भुलियो भने मातृृभूमिलाईनाई नै बिर्से सरह हुने उहाँको भनाई छ। कार्यक्रममा याक्थुङ सयङको उत्पतिको प्रकाश पार्नुहुदै याक्थुङ सयङ सहजिकरण समुहका सदस्य नन्द कन्दङवाले याक्थुङ सयङहरु एक भई आफ्नो हक अधिकारको लागि जुर्मुराउनुपर्ने बताउनुभयो। उहाले भन्नुभयो “संविधानमा भएको व्यवस्थालाई टेकेर अघि बढिरहेका छौ, अन्तराष्ट्रिय कानुनले आदिवासिहरुको हक अधिकारलाई सुनिश्चित गरेको छ र राज्यले त्यो अधिकारलाई सम्मान गर्नुपर्छ र व्यवस्थापन पनि गर्नु जरुर छ” । माङ्गेनायक्, पुरातात्त्तिवक क्षेत्रहरुमा राज्य पक्षबाट भइरहेको अतिक्रम रोकिनुपर्ने कन्दङवाको भनाई थियो ।
याक्थुङहरुको मौलिकता, इतिहास, थातथलोहरुलाई जोगाउदै याक्थुङ सयङको एकताको निम्ति २०५६ सालमा स्थापना भएको लिम्बू थरगत (याक्थुङ सयङ) सहजीकरण समुहको प्रथम याङवरक थुम भेला तथा सम्मान कार्यक्रम संविधान सभा सदस्य तथा पूर्व सांसद विश्वदिप लिङ्देनको अध्यक्षतामा सम्पन्न भएको भेला आयोजन समितिका सदस्य महेन्द्र बेघाले जानकारी दिनुभयो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win