+
+

एघारौं फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

339 पटक हेरिएको
Clock २०८१ पुष १५, सोमबार १७:५०
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:

* पाँचथरको फिदिममा आयोजित एघारौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जीतेको छ।
* चर्च ब्वाइज युनाइटेड क्लबले मछिन्द्र फुटवल क्लबविरुद्धको फाइनल खेलमा टाइब्रेकरमा ५–४ गोलअन्तरले जित्यो।
* उपाधिसँगै चर्च ब्वाइजले रु. १० लाख ५५५ पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ, जबकि उपविजेता मछिन्द्रले रु. पाँच लाख ५५५ पुरस्कार प्राप्त गरेको छ।

रवीन्द्र काफ्ले

पाँचथर, १५ पुसः

पाँचथरको फिदिममा आयोजित एघारौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जीतेको छ।

पाँचथरको फिदिम स्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा चीर प्रतिद्वन्द्वी मछिन्द्र फुटवल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजीत गर्दै उपाधि उचालेको हो। निर्धारित खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका एकराज बुढाथोकी, रोहन कार्की, विदेशी खेलाडी अबयोमी ओलुवासेन, छिरिङ लामा र सुजन डंगोलले गोल गर्नुभयो।

मछिन्द्रका लागि देवेन्द्र तामाङ, शनिस श्रेष्ठ, सौरभ सुब्बा र समिराज थोकरले गोल गर्दा दयानन्द इलाङबाङको प्रहार चर्च ब्वाइजका कृशल मोक्तानले रोक्नुभएको थियो। कृशलको त्यही बचाउ चर्च ब्वाइजलाई उपाधि दिलाउन प¥याप्त बन्यो।

यसअघि मछिन्द्रले निर्धारित समयको अन्तिम दुई मिनेटमा अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो। खेलको ४५औं मिनेटमा मछिन्द्रका बिजु भुजेलले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउनु भएको थियो। ७८ औं मिनेटमा छिरिङ लामाले गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा ल्याउनुभयो।

पुनः ८८ औं मिनेटमा शनिष श्रेष्ठले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाउनुभएको थियो। तर अतिरिक्त पाँच मिनेटको समयमा चर्च ब्वाइजका लागि समिर तामाङले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो। दुई मिनेट आफ्नो अग्रता जोगाउन नसक्दा मछिन्द्र समग्र प्रतियोगितामै उपविजेतामा सिमित बन्न पुगेको हो। उपाधिसँगै चर्च ब्वाइजले रु. १० लाख ५५५ पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको मछिन्द्रले रु. पाँच लाख ५५५ पुरस्कार प्राप्त गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win