0 प्रतिक्रिया
३७ डिएसपी एसपी बढुवामा सिफारिस
AI सारांश
Fast AIनेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:
* प्रहरी प्रधान कार्यालयले ३७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस गरेको छ।
* बढुवाको पहिलो नम्बरमा कुलदीप चन्द परेका छन्, भने दोस्रो नम्बरमा सुमित खड्का र तेस्रो नम्बरमा ठाकुरप्रसाद पोखरेल परेका छन्।
* यस बढुवामा हालसालै रिक्त रहेको ३७ एसपी दरबन्दीमा प्रधान कार्यालयले बढुवा सिफारिस गरेको हो, जुन प्रहरी सेवामा एक महत्वपूर्ण कदम मानिन्छ।
काठमाडौं – प्रहरी प्रधान कार्यालयले ३७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस गरेको छ।
प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शुक्रबार राति एसपी बढुवा सिफारिस गरेको हो। हालसालै बढुवा भएपछि र रिक्त रहेको ३७ एसपी दरबन्दीमा प्रधान कार्यालयले बढुवा सिफारिस गरेको हो।
बढुवाको पहिलो नम्बरमा कुलदीप चन्द परेका छन्। दोस्रो नम्बरमा सुमित खड्का र तेस्रो नम्बरमा ठाकुरप्रसाद पोखरेल परेका छन्।
यस्तै, बढुवा सिफारिसमा समावेश भएकामा मनोहरप्रसाद भट्ट, दीपक गिरी, नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेवे, सूर्यबहादुर खड्का रहेका छन्।
यस्तै, दीपक श्रेष्ठ, प्रेमबहादुर शाही, टेकबहादुर कार्की क्षेत्री, फणिन्द्र प्रसाईं, भरतकुमार थापा क्षेत्री, युवराज खड्का, राजन चापागाईं, किशोरकुमार श्रेष्ठ बढुवा सिफारिसमा परेका छन्।
यसैगरी, मुकुन्दप्रसाद रिजाल, पवनकुमार भट्टराई, रविन्द्रनाथ पौडेल, दानबहादुर थापा, सुदीपराज पाठक, निशान थापा, कवित कटवाल, रामेश्वर पौडेल, रुकेश तण्डुकार, दधिराम न्यौपाने बढुवा सिफारिस भएका छन्।
यस्तै, नवीन कार्की, श्यामकुमार सारुमगर, नरेन्द्र कुँवर, नारायणप्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्लीनारायण पाण्डेय, लालध्वज सुवेदी र रुगमबहादुर कुँवर बढुवा सिफारिस भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









