+
+

सुनौलो हजार दिनका महिलाहरुलाई झुल बितरण

Clock २०८१ फाल्गुन ५, सोमबार १७:१९
-- Sponsored --

रमेश थापा
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिका–५ का निर्वतमान वडाअध्यक्ष यामबहादुर बोहोराले आफ्नो बुवा आमाको स्मृतिमा सुनौलो हजार दिनका महिलाहरुलाई झुल बितरण गर्नुभएको छ। कुम्मायक–५ का साविक टोलका ८७ जना सुनौलो हजार दिनका महिलाहरुलाई झुल बितरण गर्नुभएको हो। बोहोराले स्व. बुबा पूर्ण बहादुर बोहोराको ५१ औं  र आमा पूर्णमायाँ बोहोराको २७ औ स्मृति दिवसको अवसर पारेर वडाका स्वयम् सेविका र सुनौलो हजार दिनका ९६ जना महिलाहरुलाई झुल बितरण गर्नुभएको थियो। जसअनुसार सुनौलो हजार दिनका ८७ जना र ९ जना स्वयम् सेविका गरी ९६ जना महिलाहरुलाई निशुल्क झुल बितरण गरेको वडाअध्यक्ष याम बहादुर बोहोराले जानकारी दिनुभयो।
सुनौलो हजार दिनका आमा र बच्चालाई डेंगु, लामखुट्टेको संक्रमणबाट जोगाउन निशुल्क झुल बितरण गरेको बोहोराको भनाइ छ। उहाँले ३९ हजारमा ९६ थान झुल खरिद गरी वडाका महिलाहरुलाई निशुल्क बितरण गर्नुभएको हो। स्याबरुम्बा स्वास्थ चौकीको समन्वयमा एक कार्यक्रमको अयोजना गरी झुल बितरण गर्नुभएको हो। झुल बितरण कार्यक्रममा वडाअध्यक्ष निर्मलराज घिमिरे, नि.र्वतमान गाउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङ र पुर्व श्रोत व्यक्ति गणेश चेम्जोङले परिवारको स्मृतिमा सुनौलो हजार दिनका आमा र बच्चाहरुको स्वास्थ्यमा सहयोग पु¥याउने उदेश्यले निशुल्क झुल बितरण गरेको भन्दै बोहोरा परिवारको प्रंशसा गरेका थिए।
बोहोराले यस अघि पनि आफ्नो जन्म दिनको अवसर पारेर वडाका ११८ जना विद्यार्थीहरुलाई ५९ हजारको शैक्षिक सामाग्री र स्कुल व्याग बितरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस