+
+

छोरी गुमाएकी आमाको खातामा कोरियाबाट २६ लाख जम्मा

218 पटक हेरिएको
Clock २०८१ फाल्गुन ७, बुधबार ०९:०९
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङकी अप्सरा मादेनको दक्षिण कोरियामा उपचारका क्रममा गत माघ २ गते मृत्यु भएपछि उहाँको आमा धनकुमारी पौठालाई दक्षिण कोरियाबाट रु. २६ लाख ५० हजार आर्थिक सहयोग प्राप्त भएको छ।
२. अप्सराको उपचारका लागि सहयोग जुटाइरहेका संघ संस्थाहरुले उहाँको निधनपछि बचत रहेको रु. २६ लाख ५० हजार ४७१ रकम आमा धनकुमारी पौठाकको खातामा जम्मा गरिदिएका हुन।
३. पाँचथर सेवा समाज दक्षिण कोरियाको अगुवाइमा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया, पूर्वी नेपाल समाज र अन्य संस्थाबाट सङ्कलिन रु. १४ लाख ९८ हजार ७७६ तथा हिलिहाङ गाउँपालिका प्रवास समिति, किराँत याक्थुङ चुम्लुङ छल्लादो प्राप्त र अप्सराका साथीहरुबाट सङ्कलित रु. ११ लाख ५१ हजार ६९५ रकम धनकुमारीको खातामा जम्मा गरिएको हो।

पाँचथर, ६ फागुनः
वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरिया पुगेकी छोरी गुमाएकी पाँचथरको हिलिहाङकी धनकुमारी पौठाकलाई दक्षिण कोरियाबाट रु. २६ लाख ५० हजार आर्थिक सहयोग प्राप्त भएको छ।
जिल्लाको हिलिहाङ गाउँपालिका–५ सुभाङकी अप्सरा मादेनको दक्षिण कोरियामा उपचारका क्रममा गत माघ २ गते मृत्यु भएको थियो। अप्सराको उपचारका लागि सहयोग जुटाइरहेका संघ संस्थाहरुले उहाँको निधनपछि बचत रहेको रु. २६ लाख ५० हजार ४७१ रकम आमा धनकुमारी पौठाकको खातामा जम्मा गरिदिएका हुन। पाँचथर सेवा समाजसहितका संस्थाहरुले अप्सराको उपचारका लागि दक्षिण कोरियामा रहेका नेपालीहरुबाट सङ्कलन गरेको रकम बचत रहेपछि वृद्ध अवस्थाकी आमा धनकुमारीको नेपाल बैङ्क लिमिटेड फिदिम शाखामा रहेको खातामा जम्मा गरिदिएका हुन।
पाँचथर सेवा समाज दक्षिण कोरियाको अगुवाइमा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया, पूर्वी नेपाल समाज र अन्य संस्थाबाट सङ्कलिन रु. १४ लाख ९८ हजार ७७६ तथा हिलिहाङ गाउँपालिका प्रवास समिति, किराँत याक्थुङ चुम्लुङ छल्लादो प्राप्त र अप्सराका साथीहरुबाट सङ्कलित रु. ११ लाख ५१ हजार ६९५ रकम धनकुमारीको खातामा जम्मा गरिएको हो। उक्त रकम धेरै बचत तथा केही चल्ती खातामा राखेर धनकुमारीको बुढेसकालको सहारा बनाउने प्रयास गरिएको पाँचथर सेवा समाज दक्षिण कोरियाका सहकोषाध्यक्ष विकेशराज योङ्याले जानकारी दिनुभयो।
सिस्टेमेटिक लुपस नामक रोग लागेपछि दक्षिण कोरियाका विभिन्न अस्पतालमा उपचार गराउँदै आएकी अप्सराको गत माघ २ गते वङ्कवङ्ग युनिभरसिटी अस्पतालमा मृत्यु भएको अप्सरासँगै दक्षिण कोरियामा रोजगारीमा रहनुभएका हिलिहाङ–५ का भीम सुहाङले जानकारी दिनुभयो। ‘अप्सरा बचाउ अभियान’ सञ्चालन गरी यी संस्थाहरुले सहयोग जुटाएका थिए । वि.सं. २०७९ जेठमा दक्षिण कोरिया पुग्नुभएका अप्सरालाई काममा लागेको पाँच महिनामै रोगले सताएपछि परीक्षण र उपचार थालिएको थियो । सिस्टेमेटिक लुपस नामक रोग दुर्लभ रोग भएको चिकित्सकहरुले वताएको सुहाङले वताउनुभयो।
२६ वर्षको अल्पायूमा छोरी वितेपनि आफूलाई बुढेसकालमा दुःख नहुने गरी छोरीकै साथीहरुबाट सहयोग पाउँदा साथी पाएजस्तो लागेको धनकुमारीको प्रतिकृया छ। “छोरीलाई बचाउन नसकेपनि अब मैले बुढेसकालमा दुःख पाउँदिन होला”, धनकुमारीले भन्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win