0 प्रतिक्रिया
बिरामी देउमानलाइ सम्बाहाम्फे उत्थान संघ द्वारा आर्थिक सहयोग हस्तान्तरण
AI सारांश
Fast AI१. पाँचथर जिल्ला कुम्मायक गाउँ पालिका वडा नम्बर ४ रानिगाँउ स्थित साबिक वडा नम्बर ८ ताक्मार्व टोलका देउमान सम्बाहाम्फेलाइ सम्बाहाम्फे उत्थान संघ केन्द्रिय कार्य समितिले शुक्रबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
२. कम्मर देखी मुनिको भाग नचलेर थला परेका ३३ बर्षिय बिरामी देउमानलाइ सम्बाहाम्फे उत्थान संघ केन्द्रिय कार्य समितिले १ लाख ८ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
३. सम्बाहाम्फे उत्थान संघ केन्द्रिय कार्य समितिका सल्लाहकार तथा पुर्व सामान्य प्रशासन राज्य मन्त्री डम्बरसिं सम्बाहाम्फेको प्रमुख उपस्थितिमा बिरामीलाइ उक्त रकम हस्तान्तरण गरिएको थियो।
पदम सुखि सम्बाहाम्फे
पाँचथर । पाँचथर जिल्ला कुम्मायक गाउँ पालिका वडा नम्बर ४ रानिगाँउ स्थित साबिक वडा नम्बर ८ ताक्मार्व टोलका देउमान सम्बाहाम्फेलाइ सम्बाहाम्फे उत्थान संघ केन्द्रिय कार्य समितिले शुक्रबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
बिरामी देउमान गत असोज २८ गते बाख्राको लागि घास काट्ने क्रममा खन्युङ्को बोट बाट लडेरका थिए | उनको शरीरको मेरुदण्डको हाड चर्किएको बि.एण्ड.सि, हस्पिटल बिर्तामोडले जनाएको थियो।
कम्मर देखी मुनिको भाग नचलेर थला परेका ३३ बर्षिय बिरामी देउमानलाइ सम्बाहाम्फे उत्थान संघ केन्द्रिय कार्य समितिले १ लाख ८ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। घरको आर्थिक अवस्था कम्जोर भएका देउमानका एक छोरा दुई छोरी र श्रीमति रहेका छन। विभिन्न संघ सस्था तथा समाजसेवी अभियान्ताहरु बाट आर्थिक सहयोग पाइरहेकोले औषधि उपचारमा थप राहत पुगेको बिरामीले भने।
सम्बाहाम्फे उत्थान संघ केन्द्रिय कार्य समितिका सल्लाहकार तथा पुर्व सामान्य प्रशासन राज्य मन्त्री डम्बरसिं सम्बाहाम्फेको प्रमुख उपस्थितिमा बिरामीलाइ उक्त रकम हस्तान्तरण गरिएको थियो।
सो समारोहमा सम्बाहाम्फे उत्थान संघ केन्द्रिय कार्य समितीका उपाध्यक्ष प्रेमबहादुर सम्बाहाम्फे केन्द्रिय कार्य समिति सदस्यहरु नरेन्द्र सम्बाहाम्फे र इन्द्र सम्बाहाम्फेको समेत उपस्थिति रहेको थियो। सम्बाहाम्फे उत्थान संघ क्षेत्रीय कार्य समितिका अध्यक्ष राजेस्वर सम्बाहाम्फे, सचिब लाल अन्जान सम्बाहाम्फे लगायत सामाजिक अभियान्ताका ब्यक्तित्वहरुले बिरामी देउमानलाइ अर्थिक सहयोग हस्तान्तरण कार्यक्रमको आयोजना गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









