+
+

समाजसेवा र संस्कृतिको अमर नायक: स्व. गगनबहादुर मल्लको जीवनयात्रा

275 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ जेष्ठ १०, शनिबार ०६:४४
-- Sponsored --

AI सारांश

Fast AI

१. गगन बहादुर मल्लको जन्म खाडाचक्र नगरपालिका वडा नम्बर ७ पिलीमा आमा देवकला मल्ल र पिता विष्णु बहादुर मल्लको कोखबाट विक्रम संवत २०३१ साल माघ २ गते भएको थियो।
२. गगन बहादुर मल्लले "सुजन निर्माण सेवा" नामक संस्था स्थापना गर्नुभयो, जसले देशभरिका पुरातात्त्विक सम्पदा संरक्षणदेखि लिएर धार्मिक स्थल, गुम्बा, स्वास्थ्य चौकी, सिंचाइ आयोजना र सडक निर्माणजस्ता महत्वपूर्ण कार्यहरूमा योगदान पुर्‍यायो।
३. गगन बहादुर मल्लको अन्तिम संस्कार पशुपति आर्यघाटमा गरियो, तर उहाँको आदर्श, योगदान र आत्मा युगौंसम्म अमर रहनेछ।

संघर्षबाट सिर्जनासम्म: गगनबहादुर मल्लको जीवनयात्रा:

संघर्ष र समर्पणको अर्को नाम हो गगन बहादुर मल्ल, उहाँको जन्म खाडाचक्र नगरपालिका वडा नम्बर ७ पिलीमा आमा देवकला मल्ल र पिता विष्णु बहादुर मल्लको कोखबाट विक्रम संवत २०३१ साल माघ २ गते भएको हो।

सानै उमेरमा नै जीवनले गहिरो चोट पुर्‍यायो। बाबु स्वर्गीय विष्णुबहादुर मल्लको अकस्मात निधनले गगनको बाल्यकालको उज्यालो छिन्यो। त्यो छिनोफानोले उनको मनमा नआत्तिएर अगाडि बढ्ने जिजीविषा जगा गर्यो। सानै उमेरमा बुबा स्व. विष्णबहादुर मल्लको निधनले उहाँलाई जीवनको पहिलो चोट दियो। त्यो समय भावनात्मक रूपमा झनै कठिन बन्यो। तर समयसँगै जीवनले अर्को मोड लियो—जब पत्नी आउनुभयो।

उहाँकी पत्नीको आगमनसँगै गगनबहादुरको जीवनमा नयाँ उज्यालो भरियो। जीवनका हरेक उतार–चढावमा उहाँलाई साथ दिने, हौसला दिने, समर्पणका साथ उहाँको संघर्षमा कन्धा मिलाउने जीवनसाथीको रूपमा पत्नीको भूमिकाले उहाँलाई थप मजबुत बनायो। उहाँको सफलताको मौन आधार बनी रहिन् उहाँकी धर्मपत्नी।

समर्पणको शिखरमा उभिएको एक नाम:

सङ्घर्षको त्यो घडीमा गगन बहादुर मल्लले आफूलाई केवल आफ्ना लागि होइन, समग्र समाज र देशका लागि जिउन प्रेरित गरे। काठमाडौं आउनेबित्तिकै उहाँले आफ्नो जरा, आफ्नो संस्कार र पहिचान कहिल्यै बिर्सनुभएन।

उहाँले “सुजन निर्माण सेवा” नामक संस्था स्थापना गर्नुभयो, जसले देशभरिका पुरातात्त्विक सम्पदा संरक्षणदेखि लिएर धार्मिक स्थल, गुम्बा, स्वास्थ्य चौकी, सिंचाइ आयोजना र सडक निर्माणजस्ता महत्वपूर्ण कार्यहरूमा योगदान पुर्‍यायो।

“जुन टेके जहाँ, स्मारक बने त्यहाँ: स्मरण गगनबहादुर मल्ल”

गौरीघाटको चौघेरा सत्तल, पाल्पाको रानीमहल र लक्ष्मीनारायण सत्तल, साँखुको माधवनारायण सत्तल, नारायणहिटीको पुजारी घर, पशुपतिसम्मको दर्शन मार्ग, रसुवाका गुम्बा, काभ्रेका स्वास्थ्य चौकी र सिंचाइ आयोजना — यी सबै राष्ट्रको गौरवका कृतिहरू उहाँका हातबाट बनेका थिए।

“शिव मन्दिरका ढुंगामा बोलिरहेछन् गगन मल्लका सपना”

हाल उहाँकै संलग्नतामा काठमाडौं दरबार स्क्वायरमा अवस्थित शिव मन्दिर पुनर्निर्माणको क्रममा छ। आफ्नो जीवनको अन्तिम कालसम्म पनि उहाँ नेपाली कला, धर्म र संस्कृतिका संरक्षकको रूपमा क्रियाशील रहनुभयो।

उहाँका यी कामहरू केवल ढुङ्गा, काठ र माटोमा सीमित थिएनन्, उहाँको आत्मा तिनै निर्माणधाराहरूमा जीवित थियो। समाजसेवामा समर्पित उहाँ परिवारका लागि पनि स्नेही श्रीमान्, माया गर्ने पिता र दयालु दाजु हुनुहुन्थ्यो।

सन्तप्त परिवारमा माता देउकला मल्ल, स्व. पिता बिष्ण बहादुर मल्ल, श्रीमती कर्णशिला मल्ल, छोरा सुजन मल्ल, र छोरीहरू कल्पना मल्ल, संगिता मल्ल र रमिता मल्ल हुनुहुन्छ। 

“निर्माणका देवता, जीवनका साधक — सबैलाई उज्यालो दिई अस्ताएका गगनबहादुर मल्ल”

तर २०८२ साल वैशाख ८ गतेको बिहान, समयको चाल केही अकल्पनीय थियो। आकाश झन् गहिरो देखिन्थ्यो, बादलहरू टोलाइरहेजस्तो लाग्थ्यो। बतास बिस्तारै चलिरहेको थियो — न त चिसो, न त तातो, तर एकदमै अनौठो… मानौँ सृष्टिले केही गम्भीर कुराको आभास दिइरहेको थियो।

अस्पतालको कोठा भित्र गगन बहादुर मल्ल सुस्त श्वासमा विश्राम गरिरहनुभएको थियो। उहाँको ओछ्यान छेउमा आमाको काँपिरहेको हात थियो, श्रीमतीको आँखाभरि आँसु, छोराछोरीको भिजेको अनुहार, र दाजुभाइ, साथीहरू सबै मौन प्रार्थनामा थिए। कोही नमागेका कुरा मागिरहेका थिए; भगवान्‌सँग जीवनको साटोमा आशा गरिरहेका थिए।

तर त्यो मौनता चिर्दै, एक क्षण आयो — जहाँ उहाँले कसैको हात च्याप्नु भएन, कसैलाई बिदाइ भनिरहनु भएन। बस्, उहाँ चुपचाप, शान्त र गहिरो साससँगै अन्तिम बिदाइ लिनुभयो। त्यो कोठाभरि एकाएक सन्नाटा छायो — यस्तो सन्नाटा, जुन कराउनु खोज्दा पनि शब्द बन्द हुन्छ।

बाहिर आकाश अझै रोइरहेको थियो, बतास अझै चलिरहेको थियो, मानौं सारा प्रकृति पनि गगन बहादुर मल्लको आत्माको साथसाथै बिदाइमा सामेल थियो। अस्पतालको त्यो कोठा एउटा पवित्र थलो जस्तै बनेको थियो, जहाँ एक कर्मयोगी आत्माले देह त्याग गर्‍यो।

उहाँ जानुभयो… तर साथमा लिएर जानुभयो हजारौं सपना, कति नदेखिएको माया, र एक जीवनभरको संघर्षको कथा।
उहाँले केही नबोलीकन धेरै कुरा भनेर जानुभयो — आँखा नमोले पनि सयौं सन्देश छोडेर जानुभयो।

आज पनि, जब त्यो दिन सम्झिन्छौं — मुटु चिरिन्छ। त्यो बतास अझै लाग्छ, त्यो बादल अझै टोलाइरहेझैं लाग्छ।
र हामी बुझ्छौं — उहाँ केवल शरीरले जानुभयो, आत्माले होइन। उहाँ त हाम्रै भित्री स्पन्दनमा, ती सत्तलका काठहरूमा, ती गजुरका चमकमा, र हाम्रो आस्थाका आँसुहरूमा सदासर्वदा जीवित हुनुहुन्छ।

आज दाजुभाइहरूले एउटा दाजु मात्रै होइन, एक अभिभावक, एक मार्गदर्शक, एक सल्लाहदाता गुमाएका छन्।
छोराछोरीले केवल बुबा होइन, आशाको आकाश, भविष्यको आधार गुमाएका छन्।
साथीभाइहरूले एउटा साथी मात्रै होइन, मुटु टेकेर हाँस्ने मान्छे, असली मान्छेपनको अर्थ गुमाएका छन्।

र आमाले? आमाले त केवल छोरोलाई होइन, आफ्नो जीवनको आधार, अन्तिम साहारा, सबैभन्दा प्रिय सपना गुमाउनुभयो।

“श्रममा संस्कृति, कर्ममा धर्म बोकेर बिदा भएका गगन मल्ल”

पशुपति आर्यघाटमा उहाँको अन्तिम संस्कार गरियो, तर उहाँको आदर्श, योगदान र आत्मा युगौंसम्म अमर रहनेछ। आज पनि ती सत्तलका काठहरू उहाँको आत्मालाई बोकेर उभिएका छन्, ती गुम्बाका गजुरहरू उहाँको भावना बोकेर चम्किरहेका छन्।

गगन बहादुर मल्ल भौतिक रूपमा हामीसँग छैनन्, तर उहाँका कर्म, माया र संस्कार हाम्रो इतिहास, धर्म र हृदयमा सदाको लागि अमर छन्।

“बाँचिरहेका छन् उहाँ ती सत्तलका काठहरूमा”

आज उहाँ हाम्रो बीच हुनुहुन्न, तर उहाँले छोडेको उज्यालो, उहाँको सन्देश र आदर्श हामी सबैका लागि प्रेरणाको ज्योति बनेर बलिरहेका छन्।

हामी स्व. मल्लज्यूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै उहाँको पवित्र आत्माको चिरशान्तिको कामना गर्दछौं। ॐ शान्तिः।

 

शोक सन्तप्त परिवारमा:

  • माता: देउकला मल्ल

  • बाजे: चमार बहादुर मल्ल

  • स्व. पिता: बिष्ण बहादुर मल्ल

  • श्रीमती: कर्णशिला मल्ल

  • छोरा: सुजन मल्ल

  • छोरीहरू:

    • कल्पना मल्ल 

    • संगिता मल्ल 

    • रमिता मल्ल

भाइहरू:

  • अज बहादुर मल्ल

  • पंख बहादुर मल्ल

ससुरा-सासु

  • रण बहादुर सिंह
  • बेला सिंह

साली:बेउसरा मल्ल

सालाहरू:

  • बालकृष्ण सिंह,
  • लोकजन सिंह

मामा (आमाका दाजुभाइहरू):

  • ⁠ ⁠स्व. पृथ्वी बहादुर सिंह
  •  ⁠मन बहादुर सिंह
  •  ⁠प्रेम बहादुर सिंह
  • ⁠पदम बहादुर सिंह
  •  ⁠नन्द बहादुर सिंह

ज्वाईं: नविन शाही

नाति: रूद्राक्ष शाही

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply to Carter317 Cancel reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win