0 प्रतिक्रिया
मिक्लाजुङमा करेन्ट लागेर एक पुरुषको मृत्यु
AI सारांश
Fast AIनेपाली समाचारको सारांश निम्नलिखित ३ वटा बुँदामा दिएको छ:
* पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमीस्थित सौर्य ऊर्जा मिनी ग्रिड विद्युत कार्यालयमा कार्यरत ४१ वर्षीय चन्द्र रैका मगरको करेन्ट लागेर मृत्यु भयो।
* घटना बुधवार साँझ करीब ७ बजे विद्युत पंखाको ट्रान्समिटर मर्मत गर्ने क्रममा भएको थियो।
* प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ र मृतकको शव शवगृहमा राखिएको छ।
पाँचथर, माघ ११-पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमीस्थित सौर्य ऊर्जा मिनी ग्रिड विद्युत कार्यालयमा कार्यरत ४१ वर्षीय चन्द्र रैका मगरको करेन्ट लागेर मृत्यु भएको छ।
बुधबार साँझ करीब ७ बजे विद्युत पंखाको ट्रान्समिटर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेपछि उनी घटनास्थलमै झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, रविले जनाएको छ।
घटनाबारे मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष सन्तकुमार शेर्माले राति ८:३० बजे इलाका प्रहरी कार्यालय, रविमा जानकारी गराएका थिए। सूचना प्राप्तलगत्तै प्रहरी निरीक्षक ढुण्डीराज गिरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि रवि आधारभूत अस्पतालको शवगृहमा पठाइएको थियो।
मृतकको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









