+
+

बारामा बढ्दो आपराधिक घटना : सुरक्षा व्यवस्थापनमाथि गम्भीर प्रश्न

7 पटक हेरिएको
Clock २०८३ आश्विन ६, मंगलवार १२:३७
-- Sponsored --

सञ्जय मिश्रा

रौतहट, ६ असोज । बारामा पछिल्लो एक महिनायता हत्या, बलात्कार, अपहरणपछि हत्या, चक्कु प्रहार र शंकास्पद मृत्युका घटना एकपछि अर्को सार्वजनिक भएका छन्। छोटो अवधिमा भएका यी घटनाले जिल्लाको सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणको प्रभावकारितामाथि प्रश्न उठाएको छ।

विशेषगरी जीतपुरसिमरा क्षेत्र आपराधिक घटनाको केन्द्रजस्तो देखिन थालेको छ। तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या, ११ वर्षीय राजेशकुमार साहको अपहरणपछि भारतमा हत्या, पाँच वर्षीया बालिकामाथि बलात्कार तथा होटलमा शेरबहादुर खड्काको चक्कु प्रहारबाट भएको मृत्यु पछिल्ला गम्भीर घटना हुन्।

जीतपुरसिमरा–१ की गरिमा साउन ३१ गते बेपत्ता भएकी थिइन्। भदौ २ गते शव भेटिएपछि घटनाको विरोधमा आन्दोलन भयो। अनुसन्धानपछि मुख्य अभियुक्त भनिएका प्रोग्रेश उर्फ पुरग्रेश चौधरीसँग जिल्ला अदालत बाराले २० हजार रुपैयाँ धरौटी माग गरेको छ भने दुई नाबालकलाई बाल सुधार गृह पठाइएको छ।

त्यसैगरी विश्रामपुर–३ का ११ वर्षीय राजेशकुमार साह भदौ ९ गते बेपत्ता भएको दुई दिनपछि भारतको मोतिहारीस्थित सिंहा नदी किनारमा मृत फेला परे। घटनामा संलग्न रहेको आरोपमा १७ वर्षीय किशोर पक्राउ परेका छन्।

जीतपुरसिमरा–२ स्थित होटलमा ३५ वर्षीय खड्काको चक्कु प्रहारबाट मृत्यु भएको छ। त्यस्तै जीतपुरसिमरा–१६ र २२ मा दुई व्यक्तिको शंकास्पद अवस्थामा शव भेटिएका छन्।

तथ्यांकले पनि सुरक्षा चुनौती देखाउँछ। बारा प्रहरीले भदौमा मात्रै विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा दर्ता गरेको छ। त्यसमध्ये सामाजिक अपराध ३२, आत्महत्यासम्बन्धी २८ तथा महिला तथा बालबालिकासम्बन्धी १९ मुद्दा छन्।

घटनाको संख्या र प्रकृतिले अपराध भएपछि पक्राउ गर्नेभन्दा अपराध हुनुअघि जोखिम पहिचान, नियमित गस्ती, सूचना संयन्त्र, सीसीटीभी निगरानी र समुदायसँगको समन्वय बलियो बनाउनुपर्ने देखाएको छ।

औद्योगिक तथा व्यापारिक गतिविधिको प्रमुख केन्द्र जीतपुरसिमरामा सुरक्षा चुनौती बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर व्यवसायी, मजदुर र सर्वसाधारणमा पर्न सक्छ। त्यसैले प्रहरी–प्रशासनले घटनापछि अनुसन्धानमा सीमित नभई दीर्घकालीन सुरक्षा रणनीति कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win