+
+

फाल्गुनन्द गोल्डकपको तयारी अन्तिम चरणमा, बिजेताले दश लाख पाउने

169 पटक हेरिएको
Clock २०८१ पुष ५, शुक्रबार १६:०१

default

-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथर सदरमुकाम फिदिममा पुष ६ गतेदेखि सुरु हुने एघारौं संस्करणको फाल्गुनन्द गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ।
२. ए डिभिजन सहितका दश टीम सहभागी हुने प्रतियोगिताको बिजेताले टीमले नगद १० लाख ५५५ रुपैयाँ पाउने छ भने उपविजेता टीमले नगद ५ लाख ५५५ रुपैयाँ सहित ट्रफि पाउने आयोजक क्लवले जनाएको छ।
३. प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

रमेश थापा
पाँचथर। पाँचथर सदरमुकाम फिदिममा पुष ६ गतेदेखि सुरु हुने एघारौं संस्करणको फाल्गुनन्द गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ। फिदिम स्पोटिङ क्लव पाँचथरले आयोजना गरेको एघारौ संस्करणको प्रतियोगिता संचालन गर्नको लागि तयारी अन्तिम पुगेको हो।


फिदिम माविको खेलमैदानमा संचालन हुने प्रतियोगिताको लागि घेराबारा सहितको प्याराफिट निर्माण, गेट र मञ्च व्यवस्थापनसंगै खेलमैदान समेत मर्मत सम्हार गरिएको छ। ए डिभिजन सहितका दश टीम सहभागी हुने प्रतियोगिताको बिजेताले टीमले नगद १० लाख ५५५ रुपैयाँ पाउने छ भने् उपविजेता टीमले नगद ५ लाख  ५५५ रुपैयाँ सहित ट्रफि पाउने आयोजक क्लवले जनाएको छ।


प्रतियोगितामा ए, डिभिजन क्लवका ४ टीम साथै सिराहा, मोरङ, सुनसरी र झापाका टीमहरु सहभागी हुने आयोजक फिदिम स्पोटिङ क्लवका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए। पुष ६ देखि १५ गतेसम्म संचालन हुने प्रतियोगितामा त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाईटेड, मछिन्द्र र एनआरटी काठमाडौँ सहितका टीम सहभागी हुनेछन। पुस ६ गते शनिवार हुने उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win