+
+

मच्छिन्द्रको उत्कृष्ट प्रदर्शन, झापा ११ लाई ५-० ले हराउँदै क्वार्टरफाइनल प्रवेश

120 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ पुष ७, आईतवार १९:१५
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्नलिखित ३ वटा बुँदामा देखिन्छ:

* मच्छिन्द्र फुटबल क्लबले झापा ११ लाई ५-० को फराकिलो अन्तरले पराजित गरेर क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।
* मच्छिन्द्रका लागि बिजु भुजेलले दुई गोल गरेका थिए, भने देवेन्द्र तामाङ, उत्सव राई र सौरभ सुब्बाले समान एक-एक गोल गरेका थिए।
* भोलि पहिलो क्वार्टरफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

मनोज थापा

११ औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लबले प्रभावशाली खेल प्रदर्शन गर्दै झापा ११ लाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जितसँगै मच्छिन्द्रले क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ भने झापा ११ पहिलो चरणबाटै बाहिरिएको छ।

आजको प्रि-क्वार्टरफाइनल खेलमा मच्छिन्द्रले शुरुदेखि नै झापालाई दबाब मा राखेको थियो। खेलको १९ औँ मिनेटमा बिजु भुजेलको उत्कृष्ट कर्नर किकलाई सदुपयोग गर्दै देवेन्द्र तामाङले पहिलो गोल गरे। पहिलो हाफमै मच्छिन्द्रले ३-० को अग्रता लिएको थियो। दोस्रो हाफमा थप २ गोल गर्दै मच्छिन्द्रले जितलाई झनै फराकिलो बनायो।

मच्छिन्द्रका लागि बिजु भुजेलले दुई गोल गरेका थिए, भने देवेन्द्र तामाङ, उत्सव राई र सौरभ सुब्बाले समान एक-एक गोल गरेका थिए। खेलको “प्लेयर अफ दी म्याच” मच्छिन्द्रका बिजु भुजेल घोषित भए। उनले नगद रु. १०,००० पुरस्कार प्राप्त गरे।

भोलि पहिलो क्वार्टरफाइनलमा फिदिम र आर्मी क्लबको प्रतिस्पर्धा

फाल्गुनन्द गोल्डकप अन्तर्गत भोलि सोमबार पहिलो क्वार्टरफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

१० टिम सहभागी रहेको यस प्रतियोगिताको विजेताले नगद रु. दश लाख ५५५ र उपविजेताले रु. पाँच लाख ५५५ प्राप्त गर्नेछन्। फिदिम नगरपालिकाको प्रवर्द्धनमा आयोजित प्रतियोगिताको व्यवस्थापन फिदिम स्पोर्टिङ क्लबले गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win