+
+

रौतहटमा एक बर्षभित्र ५६५ मानब अधिकार उल्लंघनका घटना

Clock २०८१ पुष ८, सोमबार ११:३५
-- Sponsored --

सञ्जय मिश्रा, रौतहट । रौतहटमा पछिल्लो एक बर्षको अवधिमा ५६५ वटा मानव अधिकार उलंघनको घटना भएको सार्वजनिक भएको छ । जिल्लामा  २०८० पुस १७ देखि २०८१ पुस ३ गते सम्मको अबधिमा ५६५ मानव अधिकार उलंघनको घटना भएको मानव अधिकार क्षेत्रमा काम गर्ने संस्था इन्सेकले सार्बजनिक गरेको हो ।

नेपाल  मानब अधिकार बर्ष पुस्तक  २०२५ प्रकाशन पुर्व बार्षिक समिक्षा कार्यक्रममा आईतवार गरुडा नगरपालिकाको सभा हलमा रौतहट स्थित इन्सेककी प्रतिनिधी गौरी न्यौपानेले उक्त घटना बारे प्रतिबेदन सार्वजनिक गरेकी थिइन् ।

बाल अधिकार अन्तर्गत बलात्कार ,यौन  दुर्ब्यबहार, महिला  अधिकार अन्तर्गत  बैबाहिक बलात्कार , बलात्कार र यौन  दुर्ब्यबहारका  घटनाहरु जातिय छुवाछूत , बोक्सिको आरोप, कुटपिट , अमानबिय ब्यबहार, गोलि प्रहार, परिवारजनबाट हत्या , अपहरण  तथा  शरीर  बन्धक गरि बलात्कार  घरेलु हिंसा  आत्महत्या  दुरुस्साहन पत्रकार माथि कुटपिट  तथा  दुर्ब्यबहार  गरि कुल ५६५ घटनाहरु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

इन्सेक रौतहट  र  गरुडा नगरपालिकाको सहकार्यमा भएको समिक्षा  कार्यक्रमका सहभागीहरुले हिंसाका यस्ता घटनाहरु न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम   आबस्यक रहेको  बताएका थिए।

ईलाका  प्रहरी  कार्यालय गरुडाका प्रमुख डिएसपी  राजन कार्कीले मानब अधिकार उलंघनका घटनाहरुको न्यूनीकरण  गर्नको लागि सचेतनामुलक कार्यक्रम मात्र  नभैइ मान्छेमा भएको सोच चिन्तन परिबर्तन  हुनु पर्नेमा जोड  दिएका थिए। गैर सरकारी संस्था आर  डि सि  नेपालका  प्रतिनिधि सन्जु खड्काले हिंसाका घटना  हरुको नियन्त्रणको लागि सम्बन्धीत निकायहरुले आ आफ्नो स्थानबाट  सचेतनामुलक कार्यक्रम र  सडक  नाटक  गर्न सकिने  बताएकी थिइन्।इलाका प्रशासन  कार्यालय गरुडाका प्रमुख  रामसागर राय यादबले इन्सेकले प्रत्येक बर्ष प्रकाशन गर्ने बर्ष पुस्तकले घटना अभिलेखिकरणमा महत्त्वपूर्ण  भुमिका खेलेको बताएका थिए।

गरुडा नगरपालिकाकी उपमेयर पुनम चौधरीले  नागरिकको राजनैतिक  अधिकार सगै सामाजिक, सास्कृतिक र वातावरणिय अधिकारका बिषय बस्तुलाई पनि यस पुस्तकले महत्त्वपूर्ण  स्थान दिनेमा विश्वस्त रहेको विचार राखेकी थिइन्।

कार्यक्रममा रोयम नेपाल, गुजरा युवा क्लब, स्वास्थ  प्रमुख, उद्योग  बाणिज्य  संघ  र नागरिक  समाज र सरोकारवालाहरुको उपस्थिति  रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

दोस्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ बैशाख १९ देखि सञ्चालन हुने

दोस्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ बैशाख १९ देखि सञ्चालन हुने

जातीय छुवाछुत अन्त्यका लागि आयोजित तिनदिने सवाल पहिचान कार्यशाला सम्पन्न

जातीय छुवाछुत अन्त्यका लागि आयोजित तिनदिने सवाल पहिचान कार्यशाला सम्पन्न

जातीय विभेद अन्त्यका लागि सरोकारवालाबीच संवाद

जातीय विभेद अन्त्यका लागि सरोकारवालाबीच संवाद

विशिष्टकृत समूहहरुबीच संवादमार्फत दलित समुदायका सवाल पहिचान कार्यशाला सुरु

विशिष्टकृत समूहहरुबीच संवादमार्फत दलित समुदायका सवाल पहिचान कार्यशाला सुरु

जिप दुर्घटनामा एक जनाको मृत्यु

जिप दुर्घटनामा एक जनाको मृत्यु

जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

नेपाल पत्रकार महासंघ पाँचथरको समाचार वाचन प्रतियोगिता सम्पन्न, जबेगू प्रथम

नेपाल पत्रकार महासंघ पाँचथरको समाचार वाचन प्रतियोगिता सम्पन्न, जबेगू प्रथम

‘दोस्रो फाल्गुनन्द साहित्य महोत्सव’ तिजोक बहुसाँस्कृतिक पार्कमा सञ्चालन हुने

‘दोस्रो फाल्गुनन्द साहित्य महोत्सव’ तिजोक बहुसाँस्कृतिक पार्कमा सञ्चालन हुने

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप

एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप

धेरै कमेन्ट गरिएका

1

दोस्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ बैशाख १९ देखि सञ्चालन हुने

0

प्रहरी कार्यालय तोडफोड, आगजनी तथा प्रहरीलाई दुर्व्यवहार गर्ने ५ जना पक्राउ

0

पाँचथरमा लागुऔषध सहीत ५ जना पक्राउ

0

पाँचथरमा गोरुले हानेर भिरबाट लड्दा एक जनाको मृत्यु

0

पाँचथरमा थपिए दुई हजार ६ सय ९० नयाँ मतदाता

0

फालेलुङ ३ र ४ को संगमस्थल थप्लि डाँडा–सिर्लिङगी टारमा तेस्रो फालेलुङ पर्यटन महोत्सव लाग्दै

0

गाउँपालिका अध्यक्षद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

0

भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त

0

दोस्रो याम्बातपुङ गोल्डको च्याम्पियन चौबन्दी एफसी एकतप्पा

0

‘लिम्बुवान गेट’ पुनः निर्माणको तयारी

सिफारिस

विज्ञापनहरु