+
+

प्रथम फाल्गुनन्द स्मृति फुटबल प्रतियोगिताको उपाधि सिलौटीलाई

341 पटक हेरिएको
Clock २०८१ चैत्र २८, बिहीबार ०८:१९
-- Sponsored --

AI सारांश

Fast AI

१. सिलौटी फुलबल क्लबले प्रथम फाल्गुनन्द स्मृति फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
२. विजेता सिलौटी एफ.सीले उपाधिसंगै नगद ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
३. खेलको वेष्ट प्लेयर पौवा सारतापका वेगम गुरुङ , वेष्ट किपर सिलौटी एफ.सीका अनुप राई बनेका छन् भने हाइ स्कोरर सौरव नेम्बाङ बनेका छन् ।

पाँचथर । जिल्लाको फाल्गुनन्द–२ नाम्फुङ्यक सिलौटीमा आयोजित प्रथम फाल्गुनन्द स्मृति फुटबल प्रतियोगिताको उपाधि सिलौटी फुलबल क्लबले जितेको छ।
फाल्गुनन्द–२ नाम्फुङ्यक सिलौटीमा चैत्र २६ गते सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सिलौटी एफ.सीले पौवा सारतापलाई १–० ले हराउदैँ सिलौटी विजेता बनेको हो। विजेता सिलौटी एफ.सीले उपाधिसंगै नगद ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ। उपविजेता पौवा सारतापले नगद ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
खेलको वेष्ट प्लेयर पौवा सारतापका वेगम गुरुङ , वेष्ट किपर सिलौटी एफ.सीका अनुप राई बनेका छन् भने हाइ स्कोरर सौरव नेम्बाङ बनेका छन् । उनीहरुले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
चैत्र २२ गतेदेखी शुरु भएको प्रथम फाल्गुनन्द स्मृति मेला तथा खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगितामा जम्मा १२ टिमको सहभागिता रहेको थियो।
१६ औँ राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द ज्यूको ७६ औँ स्मृति दिवसमा मेला साथै फुटबल प्रतियोगिता सञ्चालन गरीएको आयोजक साङसेन हाङसाम माङ्हिम सेवा समितिका उपाध्यक्ष दिपक नेम्बाङले जानकारी दिनुभयो। फाइनल खेल अर्थात कार्यक्रम समापन समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तिल विक्रम नेम्बाङ (वैरागी काइला) लाई अभिनन्दन पनि गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win