0 प्रतिक्रिया
एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुनेछः प्रधानमन्त्री
AI सारांश
Fast AI१. प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संसारभरका युवाहरूलाई शुभकामना दिएका छन।
२. संयुक्त राष्ट्रसंघले अगस्ट १२ लाई युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा घोषणा गरेको स्मरण गरेका हुन।
३. प्रधानमन्त्री ओलीले युवा दिवसले युवाहरूलाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन।
काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संसारभरका युवाहरूलाई शुभकामना दिएका छन ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अगस्ट १२ लाई युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा घोषणा गरेको स्मरण गरेका हुन । पहिलो पटक सन् २००० मा युवा दिवस मनाइएको थियो।
प्रधानमन्त्री ओलीले युवा दिवसले युवाहरूलाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन । ‘फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सृजनशीलता र सपनामा नै राष्ट्रको भविष्य छ, हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुने छ, संसारभरका युवाहरूलाई शुभकामना,’ उनले फेसबुकमा लेखेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories







