+
+

जन्म दिनमा नयाँ घर उपहार

252 पटक हेरिएको
Clock २०८१ श्रावण २४, बिहीबार ११:५८
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको फिदिम–५ का दिपेन्द्र कटुवाललाई समाज सेवी देबिराज कुरुम्बाङले नयाँ घर बनाइ दिएका छन।
२. कुरुम्बाङले जन सेवा समाज पॉचथरको समन्वयमा एक लाख २० हजार रुपैंयाको लगानीमा घर बनाइ उपहार स्वरुप दिएका हुन।
३. कुरुम्बाङले निर्माण गरिदिएको घरको पहिलो तलामा ढुङ्गाको गाह्रो लगाइएको छ भने दोस्रो तलामा बाँस र काठको सेन्टरवेरा लगाएर जस्तापाताले छानो लगाइ घर निर्माण गरिएको छ ।

रमेश थापा
पॉचथर– पाँचथरको फिदिम–५ का दिपेन्द्र कटुवाल (गणेश) लाई समाज सेवी देबिराज कुरुम्बाङले नयाँ घर बनाइ दिएका छन। तीन वर्ष अघि ट्याक्टर दुर्घट्नामा परी अपाङ्गता भएका कटुवाललाई जन्म दिनको अवसरमा कुरुम्बाङले नयाँ घर बनाइ दिएका हुन। कमजोर आर्थिक अवस्थाका कारण जीर्ण घरमा बस्दै आएका कटुवाललाई कुरुम्वाङले जन सेवा समाज पॉचथरको समन्वयमा एक लाख २० हजार रुपैंयाको लगानीमा घर बनाइ उपहार स्वरुप दिएका हुन।
जन्म दिन मनाउँदा ठुलो खर्च गरी होटलहरुमा मदिरा सेवन गरी रमाइलो गर्ने र केक काट्ने क्रम बढ्दै गएको समयमा आफुले जन्म दिन सृजनात्मक रुपमा मनाउन कटुवालको घर बनाएको कुरुम्वाङले बताए। उनले कटुवाललाई नयाँ घरको चावी बुझाउँदै घर निर्माणको लागि समन्वय गर्ने स्थानीयबासी, जनप्रतिनिधि र जनसेवा समाज पाँचथरलाई धन्यवाद दिए। स्थानीय युवाहरुले उदाहरणीय काम गरेको भन्दै कदर पत्र सहित खादा ओढाएर कुरुम्बाङको सम्मान गरेका थिए।
कुरुम्बाङले निर्माण गरिदिएको घरको पहिलो तलामा ढुङ्गाको गाह्रो लगाइएको छ। दोस्रो तलामा बाँस र काठको सेन्टरवेरा लगाएर जस्तापाताले छानो लगाइ घर निर्माण गरिएको छ । उनले मंगलबार आफ्नो जन्म दिनको अवसर पार्दै घर हस्तान्तरण गरेका थिए । कुरुम्वाङ सफल व्यवसायी पनि हुन । उनले फिदिम बजारमा पुर्वाञ्चल फ्रेस हाउसका सञ्चालन गर्दै आएका छन। कटुवालको तीन वर्ष अघि ट्याक्टर दुर्घट्नामा परी हात र खुट्टा सहित मेरुदण्ड मुनीको भाग नचल्ने अवस्थामा पुगेको थियो । लामो समयको उपचारपछी कटुवाल बैशाखीको सहारामा सामान्य हिडडुल गर्छन।
अपाङ्गता भएका कटुवालले जीर्ण घरमा बस्नु परेको दुखेसो पोख्दै घर बनाइ दिन केहि महिना अघि वडा कार्यालयमा निवेदन दिएको फिदिम–५ का वडाध्यक्ष भरत तुम्बापोले बताए । वडा कार्यालयबाट प्रकृया पुरा गरेर घर निर्माण गर्न केहि समय लाग्ने भएकाले जन सेवा समाज पॉचथर मार्फत दाताको पहिचान गरिएको उनको भनाइ थियो।
घर निर्माणमा लाग्ने सामग्री र श्रमिक सहित सबै खर्च कुरुम्वाङले व्यक्तिगत व्यहोरेका थिए। त्यस्तै स्थानीय सुजन तुम्वापो सहित १५ जनाले घर निर्माणमा सहयोग गरेको जन सेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए। तत्कालको लागि नवनिर्मित घरमा खाट ओढ्ने ओछ्याउने र लगाउने एकसरो कपडा कुरुम्वाङले हस्तान्तरण गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win