+
+

विद्यालयका ४५ जना विद्यार्थीलाई स्कुल पोषाक बितरण

206 पटक हेरिएको
Clock २०८२ बैशाख १९, शुक्रबार २१:३७
-- Sponsored --

AI सारांश

Fast AI

१. अमृत आधारभुत विद्यालयका ४५ जना विद्यार्थीलाई सुसाङमा फेवदेन स्मृति अक्षयकोषको वार्षिक व्याज रकमबाट ट्रयाक सुट र भेष्ट बितरण गरिएको छ।
२. स्वः सुसाङमा फेवदेनको स्मृतिमा बुबा अम्बर बहादुर फेवदेन र आमा देविन्द्र कुमारी शेर्मा फेवादेनले २०७३ सालमा ३ लाख रुपैयाँको अक्षयकोष विद्यालयमा स्थापना गरेका थिए।
३. अक्षयकोषको वार्षिक व्याजदरको ७५ प्रतिशत शैक्षिक सामाग्री वितरण र २५ प्रतिशत रकम अक्षयकोषमा जम्मा गर्ने गरिएको छ।

रमेश थापा
यासोक-पाँचथरको कुम्मायक गाउँपालिका–१ स्थीत अमृत आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गरिएको छ। विद्यालयमा स्थापना भएको सुसाङमा फेवदेन स्मृति अक्षयकोषको वार्षिक व्याज रकमबाट ४५ जना विद्यार्थीलाई ट्रयाक सुट र भेष्ट बितरण गरेको हो । बिहिवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ३५ हजार मुल्यको ट्रायक सुट र भेष्ट बितरण गरिएको विद्यालयका प्र.अ. भेषराज लावतीले जानकारी दिए।
स्वः सुसाङमा फेवदेनको स्मृतिमा बुबा अम्बर बहादुर फेवदेन र आमा देविन्द्र कुमारी शेर्मा फेवादेनले २०७३ सालमा ३ लाख रुपैयाँको अक्षयकोष विद्यालयमा स्थापना गरेका थिए। अक्षयकोषको वार्षिक व्याजदरको ७५ प्रतिशत शैक्षिक सामाग्री वितरण र २५ प्रतिशत रकम अक्षयकोषमा जम्मा गर्ने गरिएको छ। हालसम्म अक्षयकोष रकम ३ लाख ७५ हजार पुगेको अक्षयकोषका संचालक समिति अध्यक्ष पदम फेवादेनले बताए।
२०५८ माघ २० गते जन्मिएकी सुसाङमाको २०६८ कार्तिक १२ गते उपचारका क्रममा मृत्यु भएको थियो। दश बर्षको उमेरमा निधन भएकी सुसाङको स्मृतिमा अक्षयकोष स्थापना गरिएको हो। पुरस्कार वितरण कार्यक्रममा पृथ्वी माविका प्रधानाध्यापक ऋृषिराम गजुरेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेजप्रकाश लावती, कुम्मायक १ का वडाअध्यक्ष देवेन्द्रकुमार लावती र कार्यक्रमको प्रमुख अथिति खाल्डे माविकी प्रधानाध्यापक गीता खड्काले विद्यालयको शैक्षिक क्षेत्रको सुधारमा अक्षयकोषले ठुलो भुमिका निर्वाह गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win